Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १५ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १६ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १६ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • नारायणगढ (चितवन), भदौ २३ –
    चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् ।
    भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आप्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।
    चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ ।
    सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक कार्यक्रमको आयोजना नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तडकभडक नगरी यसवर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ । देशमा भएको घटनाले गर्दा हामीले सामूहिक कार्यक्रम गरेनौँ ।”
    उहाँका अनुसार न्वागीको धार्मिक तथा सांस्कृतिक विधि भने घरघरमै निरन्तरता दिइएको हो । चेपाङ समुदायका लागि भदौ महिना विशेष मानिने र भदौभरि नै आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन छ ।
    यो समुदायमा नयाँ अन्नबाली र फलफूल पाक्न थालेपछि प्रकृति, भूमि र पितृलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ । पाखापखेरामा लगाइएका मकै, घैया धानलगायत नयाँ अन्नबाली तथा विभिन्न फलफूल पाक्ने यही समयमा घरघरमा धार्मिक तथा सांस्कृतिक विधि सुरु हुने गर्छन् ।
    न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री (पान्दे) ले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने, पितृको स्मरण गर्ने र पितृ बोलाउने परम्परा छ ।  त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ । पूजापछि पान्देले आशीर्वाद दिने चलन छ ।
    न्वागीमा घैया  आवश्यक पर्ने र त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारी चढाइने गरिन्छ । नयाँ अन्नबाली भूमि र पितृलाई अर्पण गरेपछि मात्र खाने परम्परा  छ ।
    सङ्घका  महासचिव सन्तबहादुर चेपाङले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिएको र घरघरमै न्वागी मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो,
    “यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ । आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ ।” उहाँका अनुसार न्वागी चेपाङ समुदायको परम्परागत पर्व भएकाले मनाउनैपर्ने भए पनि देशलाई आपत परेका बेलामा गत वर्ष जस्तो यसवर्ष उत्साहका साथ नमनाइएको बताउनुभयो । न्वागीमा नयाँ धान, चामल तथा फलफूल भूमि पूजा गरी पितृलाई चढाएपछि मात्र खान मिल्ने परम्परा छ ।
    सदस्य दीपा चेपाङले यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम बाढीका कारण हुन नसकेको बताउँदै घरघरमै विधिपूर्वक न्वागी मनाइएको जानकारी दिनुभयो ।
    इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष उत्साहका साथ न्वागी मनाउने वातावरण नरहेको बताउनुभयो । न्वागी चेपाङ समुदायको मुख्य चाड भएकाले यसको निरन्तरता र भावी पुस्तामा यसको महत्व हस्तान्तरण गर्न पर्व मनाउन आवश्यक रहेको छ ।
    चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदाय हुन् । घैया धान, मकै, पिँडालु, गाभा, फलफूललगायत नयाँ उब्जनी पाकेपछि भूमि र पितृलाई चढाएर खाने परम्परा चेपाङ्ग समुदायमा पाइन्छ ।
    भदौभरिनै अनुकूल समयमा न्वागी मनाउने चलन छ । ‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ लाई न्वागीको मुख्य दिनका रूपमा मान्ने गरिएको पाइन्छ । नयाँ पुस्तामा न्वागीको महत्व क्रमशः घट्दै गएको र समुदायभित्र धर्म परिवर्तनका कारण मौलिक धर्म र संस्कृति लोप हुने अवस्था देखिन थालेको भन्दै समुदाय एकजुट भएर आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउनुपर्नेमा जोड दिनुभयो ।

     

    Advertisement

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation