Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १६ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १७ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १७ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

विद्युत् आयोजनाहरूमा कार्यरत २०४ विदेशी नागरिक सम्पर्कविहीन, धेरै चिनियाँ


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • १६ भदौ, काठमाडौं ।

    Advertisement

    भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन् ।

    बाढीबाट प्रभावित १२ वटा जलविद्युत् आयोजनामा काम गर्ने कुल ८९८ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको तथ्यांक छ । तीमध्ये श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएर काम गरिरहेका २०४ जना विदेशी नागरिक रहेको विभागले जनाएको छ। विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार यो संख्या श्रम स्वीकृति भएका विदेशी कामदारको मात्र हो ।

    वर्क परमिट नवीकरणको प्रक्रियामा रहेका वा जरिबाना तिरेर काम गरिरहेका विदेशीको विवरण भने विभागमा छैन । ‘हामीसँग भएको रेकर्ड हेर्दा २०४ जना विदेशीको वर्क परमिट देखिन्छ । तर प्रोसेसमा भएका वा पेनाल्टी तिरेर काम गरिरहेका व्यक्तिको रेकर्ड हामीकहाँ आइसकेको छैन,’ गोपले भने । विभागको विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना अन्तर्गतको अपर त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ कामदारको छ ।

    उक्त आयोजनाका लागि विभागबाट १२१ जना चिनियाँ नागरिकले वर्क परमिट लिएका थिए । बाढीपछि उनीहरूमध्ये कोही पनि सम्पर्कमा नरहेको विभागको विवरणमा उल्लेख छ । आयोजनामा नेपालीसहित करिब १ हजार २०० जना कार्यरत थिए। ती मध्ये ५५७ जना सम्पर्कविहिन छन्। त्यस्तै डोसान इनर्जी कम्पनी अन्तर्गत अपर त्रिशूली–१ मा २६ जना विदेशीले वर्क परमिट लिएका थिए । तीमध्ये तीन जना बिदामा रहेको जानकारी विभागले पाएको छ ।

    बाँकी २३ जना सम्पर्कमा नरहेको गोपले बताए । डोसानमा कार्यरत विदेशीमध्ये एक जना दक्षिण कोरियाली, चार जना भारतीय, एक जना अमेरिकी र एक जना क्यानडेली नागरिक हुन् । यसैगरी चाइना जिजुन इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन अन्तर्गत रसुवाको नीलकण्ठ नमुना माध्यमिक विद्यालय निर्माणमा काम गर्न १९ जना विदेशीले वर्क परमिट लिएका थिए । उनीहरूबारे पनि विभागले हालसम्म सम्पर्क भएको जानकारी पाएको छैन ।

    चाइना इन्टरनेसनल वाटर एन्ड इनर्जी कर्पोरेसनअन्तर्गत सल्ला सुङ्गे पावरमा कार्यरत १२ जना विदेशीसँग पनि सम्पर्क हुन नसकेको विभागले जनाएको छ । सिनो हाइड्रो ब्युरो–७ अन्तर्गत रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा ११ जना चिनियाँ नागरिकले वैध वर्क परमिट लिएका थिए । उनीहरू सम्पर्कविहीन छन् ।

    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग सम्बन्धित अपर त्रिशूली–१ आयोजनाको संयुक्त उपक्रममा कार्यरत दुई जना विदेशी जसमा एक क्यानडेली र एक अमेरिकी नागरिकको विवरण पनि विभागको सम्पर्कविहीन सूचीमा छ । त्रिशूली क्षेत्रमा फिल्डमा जाने गरी काठमाडौंको नक्सालमा कार्यालय रहेको अर्को कम्पनीका ६ जना विदेशी कामदार सम्पर्कमा नरहेको विभागले जनाएको छ । उनीहरू फिल्डमा गएको वा सुरक्षित स्थानमा रहेकोबारे कम्पनीबाट समेत स्पष्ट जानकारी नआएको गोपले बताए ।

    यस्तै एचएनएओसी सांघाई जेभीका चार जना विदेशी सम्पर्कविहीन रहेको विभागको रेकर्डमा छ । विभागका अनुसार अहिले सार्वजनिक भएको २०४ जनाको संख्या सरकारी प्रणालीमा वैध वर्क परमिट देखिएका विदेशी कामदारको मात्रै हो । बाढी प्रभावित आयोजनामा वर्क परमिटको नवीकरण वा अन्य प्रक्रियामा रहेका विदेशीको संख्या यसमा समावेश छैन ।

    ‘कतिपयले यतै आएर प्रक्रिया गरिरहेका हुन्छन् । प्रक्रिया ढिला हुँदा कम्पनीले जरिबाना तिरेर काम गराइरहेको अवस्था पनि हुन्छ,’ गोपले भने, ‘त्यस्ता व्यक्तिको विवरणसहितको पत्र अहिलेसम्म हामीकहाँ आएको छैन ।’ भोटेकोशी बाढीपछि जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका विदेशी कामदारको वास्तविक संख्या सरकारी अभिलेखमा देखिएको भन्दा अझ बढी हुन सक्नेछ ।

    विभागको हालसम्मको वैध वर्क परमिट रेकर्डअनुसार सम्पर्कविहीन विदेशी कामदारमा चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ । तर आयोजनाहरूमा काम गरिरहेका सबै विदेशीको अद्यावधिक विवरण संकलन भइनसकेकाले उनीहरूको यकिन अवस्था अझै खुल्न नसकेको विभागले जनाएको छ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation