Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ९ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ९ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

विद्युत् आयोजनाहरूमा कार्यरत २०४ विदेशी नागरिक सम्पर्कविहीन, धेरै चिनियाँ


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • १६ भदौ, काठमाडौं ।

    Advertisement

    भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन् ।

    बाढीबाट प्रभावित १२ वटा जलविद्युत् आयोजनामा काम गर्ने कुल ८९८ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको तथ्यांक छ । तीमध्ये श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएर काम गरिरहेका २०४ जना विदेशी नागरिक रहेको विभागले जनाएको छ। विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार यो संख्या श्रम स्वीकृति भएका विदेशी कामदारको मात्र हो ।

    वर्क परमिट नवीकरणको प्रक्रियामा रहेका वा जरिबाना तिरेर काम गरिरहेका विदेशीको विवरण भने विभागमा छैन । ‘हामीसँग भएको रेकर्ड हेर्दा २०४ जना विदेशीको वर्क परमिट देखिन्छ । तर प्रोसेसमा भएका वा पेनाल्टी तिरेर काम गरिरहेका व्यक्तिको रेकर्ड हामीकहाँ आइसकेको छैन,’ गोपले भने । विभागको विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना अन्तर्गतको अपर त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ कामदारको छ ।

    उक्त आयोजनाका लागि विभागबाट १२१ जना चिनियाँ नागरिकले वर्क परमिट लिएका थिए । बाढीपछि उनीहरूमध्ये कोही पनि सम्पर्कमा नरहेको विभागको विवरणमा उल्लेख छ । आयोजनामा नेपालीसहित करिब १ हजार २०० जना कार्यरत थिए। ती मध्ये ५५७ जना सम्पर्कविहिन छन्। त्यस्तै डोसान इनर्जी कम्पनी अन्तर्गत अपर त्रिशूली–१ मा २६ जना विदेशीले वर्क परमिट लिएका थिए । तीमध्ये तीन जना बिदामा रहेको जानकारी विभागले पाएको छ ।

    बाँकी २३ जना सम्पर्कमा नरहेको गोपले बताए । डोसानमा कार्यरत विदेशीमध्ये एक जना दक्षिण कोरियाली, चार जना भारतीय, एक जना अमेरिकी र एक जना क्यानडेली नागरिक हुन् । यसैगरी चाइना जिजुन इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन अन्तर्गत रसुवाको नीलकण्ठ नमुना माध्यमिक विद्यालय निर्माणमा काम गर्न १९ जना विदेशीले वर्क परमिट लिएका थिए । उनीहरूबारे पनि विभागले हालसम्म सम्पर्क भएको जानकारी पाएको छैन ।

    चाइना इन्टरनेसनल वाटर एन्ड इनर्जी कर्पोरेसनअन्तर्गत सल्ला सुङ्गे पावरमा कार्यरत १२ जना विदेशीसँग पनि सम्पर्क हुन नसकेको विभागले जनाएको छ । सिनो हाइड्रो ब्युरो–७ अन्तर्गत रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा ११ जना चिनियाँ नागरिकले वैध वर्क परमिट लिएका थिए । उनीहरू सम्पर्कविहीन छन् ।

    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग सम्बन्धित अपर त्रिशूली–१ आयोजनाको संयुक्त उपक्रममा कार्यरत दुई जना विदेशी जसमा एक क्यानडेली र एक अमेरिकी नागरिकको विवरण पनि विभागको सम्पर्कविहीन सूचीमा छ । त्रिशूली क्षेत्रमा फिल्डमा जाने गरी काठमाडौंको नक्सालमा कार्यालय रहेको अर्को कम्पनीका ६ जना विदेशी कामदार सम्पर्कमा नरहेको विभागले जनाएको छ । उनीहरू फिल्डमा गएको वा सुरक्षित स्थानमा रहेकोबारे कम्पनीबाट समेत स्पष्ट जानकारी नआएको गोपले बताए ।

    यस्तै एचएनएओसी सांघाई जेभीका चार जना विदेशी सम्पर्कविहीन रहेको विभागको रेकर्डमा छ । विभागका अनुसार अहिले सार्वजनिक भएको २०४ जनाको संख्या सरकारी प्रणालीमा वैध वर्क परमिट देखिएका विदेशी कामदारको मात्रै हो । बाढी प्रभावित आयोजनामा वर्क परमिटको नवीकरण वा अन्य प्रक्रियामा रहेका विदेशीको संख्या यसमा समावेश छैन ।

    ‘कतिपयले यतै आएर प्रक्रिया गरिरहेका हुन्छन् । प्रक्रिया ढिला हुँदा कम्पनीले जरिबाना तिरेर काम गराइरहेको अवस्था पनि हुन्छ,’ गोपले भने, ‘त्यस्ता व्यक्तिको विवरणसहितको पत्र अहिलेसम्म हामीकहाँ आएको छैन ।’ भोटेकोशी बाढीपछि जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका विदेशी कामदारको वास्तविक संख्या सरकारी अभिलेखमा देखिएको भन्दा अझ बढी हुन सक्नेछ ।

    विभागको हालसम्मको वैध वर्क परमिट रेकर्डअनुसार सम्पर्कविहीन विदेशी कामदारमा चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ । तर आयोजनाहरूमा काम गरिरहेका सबै विदेशीको अद्यावधिक विवरण संकलन भइनसकेकाले उनीहरूको यकिन अवस्था अझै खुल्न नसकेको विभागले जनाएको छ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation