Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १७ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १८ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १८ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ , भदौ ११ –

    Advertisement

    बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्।

    प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्। हिमनदी फुट्नुको यकिन कारण खुल्न सकेको छैन। यद्यपि, नेपाली अधिकारीहरूले बाढी आउनुभन्दा केही मिनेटअघि मात्र त्यस क्षेत्रमा गएको भूकम्पलाई एउटा सम्भावित कारण मानेका छन्। यस विपद्मा परी हालसम्म १ सय ६५ जनाको शव फेला परिसकेको छ।

    दुवैतर्फका अधिकारीहरूले मृतकको संख्या अझै धेरै हुन सक्ने आशंका गरेका छन्। नेपाल सरकारका अनुसार बाढीमा परी ८ सयभन्दा बढी बेपत्ता भएका छन्। रोयटर्सले अध्ययन गरेको प्लानेट ल्याब्सको बाढीअघि र पछिको स्याटेलाइट तस्बिरमा पहिले हरियाली देखिने पहाडहरू अहिले भग्नावशेष र माटोले पुरिएर खैरो बनेको प्रस्ट देखिन्छ। भारतको सिक्किम विश्वविद्यालयमा अध्यापन गराउने इन्जिनियरिङ भूगर्भविद् विक्रम गुप्ताले उक्त घटना हिमनदीको अग्रभाग भत्किएर सुरु भएको पुष्टि गरेका छन्।

    ‘यसमा सम्भवतः ठूलो मात्रामा चट्टान र माटो पनि मिसिएको हुनुपर्छ,’ उनले भनेका छन्। क्यानडाको क्यालगरी विश्वविद्यालयका सहप्राध्यापक एवं भूगर्भविद् ड्यान सुगरले पनि विपद् आउनुभन्दा २४ घण्टाअघि मात्रै ठुलो मात्रामा हिउँ पग्लिएको तस्बिरमा देखिएको बताएका छन्। हिजोसम्म हिउँले ढाकिएका उपत्यकाका केही हिमनदीहरू खाली बरफ मात्रै देखिएको उनको भनाइ छ।

    मौसमसम्बन्धी तथ्यांक नहेरे पनि एक्कासि तापक्रम बढेको हुन सक्ने उनले अनुमान गरेका छन्। ‘आज बिहानको प्लानेट ल्याब्सको तस्बिर हेर्दा ५ हजार २०० मिटरको उचाइमा रहेको हिमनदीको तल्लो भाग टुटेर करिब १ हजार २०० मिटर तल उपत्यकामा खसेको देखिन्छ,’ सुगरले भनेका छन्। उनले यसमा निर्माण कार्य पनि एउटा कारण हुन सक्ने औँल्याउँदै जलवायु परिवर्तनको भूमिकाका विषयमा आगामी दिनमा थप अनुसन्धान हुने बताएका छन्।

    सन् २०२३ मा संयुक्त राष्ट्रसंघले विश्वव्यापी ग्लोबल वार्मिङका कारण नेपालका हिमालहरूले ३० वर्षको अवधिमै आफ्नो एक तिहाइ हिउँ गुमाएको तथ्यांक सार्वजनिक गरेको थियो। भारत र चीनजस्ता दुई ठूला कार्बन उत्सर्जन गर्ने देशको बिचमा रहेको नेपालका हिमनदीहरू अघिल्लो दशकको तुलनामा पछिल्लो दशकमा ६५ प्रतिशतले छिटो पग्लिएको राष्ट्रसंघको भनाइ छ। यस विपद्बाट करिब ५० हजार जनसंख्या रहेको हिमाली जिल्ला रसुवाका अति प्रभावित क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनाहरूसमेत मारमा परेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल(चीन सीमा नाकाभन्दा करिब २० किलोमिटर उत्तरपूर्वमा गएको पहिरोका कारण ल्हेन्दे नदीमा हिमनदीसहितको बाढी आएको जनाएको छ। प्रारम्भिक रिपोर्टहरूले भूकम्पका कारण हिमपहिरो गएको र त्यसैले बाढी निम्त्याएको हुन सक्ने देखाएका छन्। तर, प्राधिकरणका भूगर्भविद् प्रकाश पोखरेलले यो त्रासदी भूकम्पकै कारण भएको हो भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन्।

    प्लानेट ल्याब्सका तस्बिरहरू अध्ययन गरेका पोखरेलले भनेका छन्, ‘नेपालतर्फको भागमा हिउँ र चट्टानसहितको पहिरो खसेका कारण यो एक्कासि बाढी आएको हो।’ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) ले हिन्दुकुश हिमालय क्षेत्रमा बाढी, पहिरो, हिमपहिरो र खडेरीको आवृत्ति र तीव्रता बढ्दै गएको जनाएको छ। पानी, जमिन र हावामा भइरहेको यो तीव्र परिवर्तनले यस क्षेत्रका मानिसहरूलाई ठूलो खतरामा पारेको इसिमोडको निष्कर्ष छ।

    केन्द्रका अनुसार बुधबारको बाढीले भोटेकोसी र त्रिशूली नदी प्रणालीमा पानी, लेदो र ठुल्ठूला ढुंगासहितको शक्तिशाली भेल पठाएको थियो। यसको प्रभावले तल्लो तटीय क्षेत्र गल्छी आसपास आधा घण्टाभित्रै नदीको सतह ९ मिटर (३० फिट)सम्म बढेको बताइएको छ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation