Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ९ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ९ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • १०. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ , भदौ ११ –

    Advertisement

    बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्।

    प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्। हिमनदी फुट्नुको यकिन कारण खुल्न सकेको छैन। यद्यपि, नेपाली अधिकारीहरूले बाढी आउनुभन्दा केही मिनेटअघि मात्र त्यस क्षेत्रमा गएको भूकम्पलाई एउटा सम्भावित कारण मानेका छन्। यस विपद्मा परी हालसम्म १ सय ६५ जनाको शव फेला परिसकेको छ।

    दुवैतर्फका अधिकारीहरूले मृतकको संख्या अझै धेरै हुन सक्ने आशंका गरेका छन्। नेपाल सरकारका अनुसार बाढीमा परी ८ सयभन्दा बढी बेपत्ता भएका छन्। रोयटर्सले अध्ययन गरेको प्लानेट ल्याब्सको बाढीअघि र पछिको स्याटेलाइट तस्बिरमा पहिले हरियाली देखिने पहाडहरू अहिले भग्नावशेष र माटोले पुरिएर खैरो बनेको प्रस्ट देखिन्छ। भारतको सिक्किम विश्वविद्यालयमा अध्यापन गराउने इन्जिनियरिङ भूगर्भविद् विक्रम गुप्ताले उक्त घटना हिमनदीको अग्रभाग भत्किएर सुरु भएको पुष्टि गरेका छन्।

    ‘यसमा सम्भवतः ठूलो मात्रामा चट्टान र माटो पनि मिसिएको हुनुपर्छ,’ उनले भनेका छन्। क्यानडाको क्यालगरी विश्वविद्यालयका सहप्राध्यापक एवं भूगर्भविद् ड्यान सुगरले पनि विपद् आउनुभन्दा २४ घण्टाअघि मात्रै ठुलो मात्रामा हिउँ पग्लिएको तस्बिरमा देखिएको बताएका छन्। हिजोसम्म हिउँले ढाकिएका उपत्यकाका केही हिमनदीहरू खाली बरफ मात्रै देखिएको उनको भनाइ छ।

    मौसमसम्बन्धी तथ्यांक नहेरे पनि एक्कासि तापक्रम बढेको हुन सक्ने उनले अनुमान गरेका छन्। ‘आज बिहानको प्लानेट ल्याब्सको तस्बिर हेर्दा ५ हजार २०० मिटरको उचाइमा रहेको हिमनदीको तल्लो भाग टुटेर करिब १ हजार २०० मिटर तल उपत्यकामा खसेको देखिन्छ,’ सुगरले भनेका छन्। उनले यसमा निर्माण कार्य पनि एउटा कारण हुन सक्ने औँल्याउँदै जलवायु परिवर्तनको भूमिकाका विषयमा आगामी दिनमा थप अनुसन्धान हुने बताएका छन्।

    सन् २०२३ मा संयुक्त राष्ट्रसंघले विश्वव्यापी ग्लोबल वार्मिङका कारण नेपालका हिमालहरूले ३० वर्षको अवधिमै आफ्नो एक तिहाइ हिउँ गुमाएको तथ्यांक सार्वजनिक गरेको थियो। भारत र चीनजस्ता दुई ठूला कार्बन उत्सर्जन गर्ने देशको बिचमा रहेको नेपालका हिमनदीहरू अघिल्लो दशकको तुलनामा पछिल्लो दशकमा ६५ प्रतिशतले छिटो पग्लिएको राष्ट्रसंघको भनाइ छ। यस विपद्बाट करिब ५० हजार जनसंख्या रहेको हिमाली जिल्ला रसुवाका अति प्रभावित क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनाहरूसमेत मारमा परेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल(चीन सीमा नाकाभन्दा करिब २० किलोमिटर उत्तरपूर्वमा गएको पहिरोका कारण ल्हेन्दे नदीमा हिमनदीसहितको बाढी आएको जनाएको छ। प्रारम्भिक रिपोर्टहरूले भूकम्पका कारण हिमपहिरो गएको र त्यसैले बाढी निम्त्याएको हुन सक्ने देखाएका छन्। तर, प्राधिकरणका भूगर्भविद् प्रकाश पोखरेलले यो त्रासदी भूकम्पकै कारण भएको हो भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन्।

    प्लानेट ल्याब्सका तस्बिरहरू अध्ययन गरेका पोखरेलले भनेका छन्, ‘नेपालतर्फको भागमा हिउँ र चट्टानसहितको पहिरो खसेका कारण यो एक्कासि बाढी आएको हो।’ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) ले हिन्दुकुश हिमालय क्षेत्रमा बाढी, पहिरो, हिमपहिरो र खडेरीको आवृत्ति र तीव्रता बढ्दै गएको जनाएको छ। पानी, जमिन र हावामा भइरहेको यो तीव्र परिवर्तनले यस क्षेत्रका मानिसहरूलाई ठूलो खतरामा पारेको इसिमोडको निष्कर्ष छ।

    केन्द्रका अनुसार बुधबारको बाढीले भोटेकोसी र त्रिशूली नदी प्रणालीमा पानी, लेदो र ठुल्ठूला ढुंगासहितको शक्तिशाली भेल पठाएको थियो। यसको प्रभावले तल्लो तटीय क्षेत्र गल्छी आसपास आधा घण्टाभित्रै नदीको सतह ९ मिटर (३० फिट)सम्म बढेको बताइएको छ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation