Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ९ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ९ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • १०. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग


  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ ८-

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले त्यस घटनाको अनुसन्धानमा रहेको सुरक्षा निकायले शीघ्र अनुसन्धान पूरा गरी दोषीको पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “यस्ता खालका घटनामा ठीक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ,” सांसद अर्यालले भन्नुभयो ।

    पछिल्ला दिनमा नाबालिकामाथि हुने हिंसाका घटना बढिरहेकोप्रति चिन्ता गर्दै उहाँले घटनापछि अनुसन्धान होइन, दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

    जनताका दैनिक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सांसद अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    ग्यास नपाएर उपभोक्ता लामो समय लाइनमा बस्नु परेको तथा किसानले मलका लागि भौतारिन परेको बताउँदै उहाँले जनताका आधारभूत समस्या समाधानमा सरकारको प्रभावकारिता देखिनुपर्नेमा जोड दिनुभयो । सांसद अर्यालले प्रविधिको प्रयोगलाई विकृत रूपमा गरिँदा समाजमा पारिवारिक तथा सामाजिक समस्या बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालका कारण बालबालिकाको सिर्जनशीलता, मौलिकता र सामाजिक व्यवहारमा नकारात्मक असर परेको उहाँको भनाइ थियो ।

    सांसद अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक विवाद, आपत्तिजनक सामग्री तथा बालबालिकालाई लक्षित सामग्रीका कारण कतिपय परिवारमा तनाब र विघटनको अवस्था सिर्जना भएका उल्लेख गर्नुभयो । सांसद अर्यालले विकसित मुलुकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तथा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै नेपालमा यस विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

    सांसद अर्यालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्नु सकारात्मक भएको बताउँदै यसको विस्तारका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । विद्युतीय सवारीको प्रयोगले पेट्रोलियम पदार्थमा हुने खर्च घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने र विदेश जाने पुँजी स्वदेशमै राख्न सहयोग पुग्ने बताउँदै उहाँले सहरमा मात्र नभई ठूला यात्रुवाहक बसमा समेत विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिनु सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation