Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २० घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २१ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २१ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • चितवन, साउन २९ –

    Advertisement

    पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो ।

    विसं २०७९ पुस १५ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म १८ किलोमिटर कालोपत्रेसहित ४६ प्रतिशत प्रगति भएको छ ।

    हाल बर्खाको समय भएकाले अबको केही दिनपछि मात्रै काम अघि बढ्ने उहाँले बताउनुभयो । सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा पुलको स्ट्रक्चरको काम भइरहेको छ । मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा केही समय काममा ढिलाइ भएको हो ।

    बिजुलीका पोल अझै सार्न बाँकी रहेको र निर्माण सामग्री समयमा नपाउँदा समयसीमाभित्र जिम्मेवारी पूरा गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ । पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ बनाएको जानकारी दिँदै सूचना अधिकारी मिश्रले भन्नुभयो, “विभिन्न कारणका बाबजुत निर्माण कम्पनीले कालोपत्रेका लागि दुईवटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि ढिलाइ भएको हो ।” अब वर्षात सकिएसँगै कामलाई तीव्रता दिइने उहाँ बताउनुहुन्छ ।

    कूल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा विसं २०८२ पुस १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धताकासाथ शर्मा–जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको छ । त्यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन् ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation