Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १२ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १७ मिनेट 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • २३ मिनेट 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २० घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २३ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • २४ घण्टा 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ५. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ६. तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

  • ७. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ८. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • वासिङ्ट, साउन ३०-

    Advertisement

    अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये सन्दिग्ध हमलाकारी पनि रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटना डेट्रोइटबाट करिब २७२ किलोमिटर टाढा रहेको मिसौकी काउन्टीमा भएको हो । दिउँसो एउटा घरमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ तीन जना मृत अवस्थामा भेटिएका थिए भने एक जना घाइते अवस्थामा फेला परेका थिए ।

    घाइतेलाई तत्काल अस्पताल लगिएको थियो । प्रहरीले सन्दिग्धको पहिचान ३९ वर्षीय चाड हिकम्यानका रूपमा गरेको छ । प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि प्रहरीले उनको खोजी अभियान सुरु गरेको थियो । सन्दिग्धको खोजी भइरहेका बेला अर्को एउटा घरमा पनि गोली चलेको र त्यहाँ थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले स्थानीय बासिन्दालाई हतियारसहितका हिकम्यान अत्यन्तै खतरनाक हुन सक्ने भन्दै सावधानी अपनाउन र उनीबाट टाढा रहन चेतावनी दिएको थियो ।

    अनुसन्धानका क्रममा प्रहरीले सन्दिग्धको गाडी जंगल क्षेत्रमा फेला पारेको थियो । त्यसको केही दूरीमा सन्दिग्ध हिकम्यान र अर्का एक व्यक्तिको शवसमेत फेला परेको प्रहरीले जनाएको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो । गोलीबारीको कारण भने अझै स्पष्ट भएको छैन । मृतकहरूबिच कुनै पारिवारिक वा अन्य सम्बन्ध थियो कि थिएन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले मृतकहरूको पहिचान तत्काल सार्वजनिक गरेको छैन । प्रहरीले घटनालाई अत्यन्तै दुःखद र समुदायका लागि चुनौतीपूर्ण घटना भन्दै अनुसन्धानपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । साथै, सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन आग्रह गरिएको छ ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ५.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ६.
      तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation