Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

स्वास्थ्य उपचारमा एकरूपता ल्याउन प्रोटोकललाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन ३० –

    Advertisement

    देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।

    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा। पवनजंग रायमाझीसहित सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए। विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका व्यावहारिक पक्ष, समस्या तथा सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल निर्माण गर्दा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

    डा। रायमाझीका अनुसार आवश्यकता पहिचान गरी हालसम्म १९ वटा उपचार प्रोटोकल तयार गरिएको छ। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामा रहेका छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई पनि समयअनुकूल परिमार्जन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। स्वास्थ्य उपचारका क्रममा आवश्यकताभन्दा बढी सीटी स्क्यान, एमआरआईलगायत परीक्षण गराउने प्रवृत्तिले बिरामीको आर्थिक भार बढाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत बढाउने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गराउने गरी स्पष्ट प्रोटोकल बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ।

    प्रोटोकलको प्रभावकारी कार्यान्वयन तथा समयानुकूल परिमार्जनबाट अनावश्यक स्वास्थ्य परीक्षण र महँगा औषधिको प्रयोग घट्ने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य कोषको दुरुपयोग नियन्त्रण गर्न र स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation