Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २२ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २३ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २३ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

चितवनमा अनियमित विद्युत् कटौती अन्त्य गर्न अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
  • चितवन, साउन २५- चितवनमा पटक–पटक हुने अघोषित विद्युत् कटौती, लो–भोल्टेज तथा अनियमित विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग गर्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनले नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

    Advertisement

    देशको मध्यभागमा रहेको चितवनमा विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीको अध्ययन, उद्योग–व्यवसाय, स्वास्थ्य सेवा तथा आम नागरिकको दैनिक जनजीवन प्रभावित भइरहेको भन्दै संगठनले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको माग गरेको हो। विशेषगरी ग्यासको अभावका कारण आम नागरिक खाना पकाउन विद्युत्मा निर्भर हुनुपर्ने अवस्था रहेकाले बिहान र बेलुकाको खाना पकाउने समयमा विद्युत् कटौती नगर्न संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएको छ।

    ध्यानाकर्षण पत्रमार्फत अघोषित विद्युत् कटौती अन्त्य गर्न, विद्युत् मर्मत तथा प्राविधिक कामका क्रममा पूर्वसूचना दिन, लो–भोल्टेज समस्या समाधान गर्न, पुराना विद्युत् संरचना तथा ट्रान्सफर्मरको मर्मत र स्तरोन्नति गर्न तथा विद्युत् माग बढ्ने समयमा नियमित आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ। त्यस्तै, विद्यार्थीको अध्ययन तथा परीक्षामा असर नपर्ने गरी विद्युत् आपूर्ति सुनिश्चित गर्न र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिकलाई तत्काल जानकारी उपलब्ध गराउने प्रभावकारी सूचना तथा गुनासो सुनुवाइ प्रणाली सञ्चालन गर्न पनि माग गरिएको छ।

    संगठनले मागहरू तत्काल सम्बोधन नभए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’ ले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विद्युत् सेवामा भइरहेको अनियमितता तत्काल अन्त्य गरी नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन्। “ग्यासको अभावका कारण आम नागरिक खाना पकाउन विद्युत्मा निर्भर हुनुपर्ने अवस्थामा बिहान र बेलुकाको खाना पकाउने समयमा विद्युत् आपूर्ति बन्द नगरियोस्,” अध्यक्ष कार्कीले जोड दिएका छन्।

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation