Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ९ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ९ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

गृह मन्त्रालयलाई संसदीय समितिले भन्यो- बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊ


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेकी छन् ।

    Advertisement

    गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी हुन् । आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटले यस्तो आग्रह गरेकी हुन् । सभापति बास्कोटाले भनिन्, ‘नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ ।

    विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।’ बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारलाई निर्देशन समेत दिइन् ।

    ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा सभापति बास्कोटाले सुधार गृहमा रहेका बालबालिकाहरुलाई कैदीबन्दी सरहकै खाना (सिदा) उपलब्ध गराइनु अनुपयुक्त भएको उल्लेख गर्दै उनीहरुको शारीरिक र मानसिक विकासका लागि छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्ने बताइन् ।

    विशेषगरी रुपन्देही लगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् । बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरुले उठाएका सार्वजनिक सरोकारका विषयमा समेत समितिको ध्यानाकर्षण भएको जानकारी दिइन् । उनकाअनुसार नागरिकता सम्बन्धी समस्या, उपसाहकोटको पहिरो पीडितको व्यवस्थापन र सप्तरी कारागारको स्थानान्तरण लगायतका विषयमा समितिले गृह मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गर्नेछ ।

    सप्तरी कारागारमा भएको आत्मदहको प्रयास र क्षमताभन्दा बढी कैदीबन्दीको समस्यालाई प्रशासनले हाल नियन्त्रणमा लिएको भए पनि दीर्घकालीन समाधान खोजिनुपर्ने उनको भनाइ छ । कलाकार दुर्गेश थापा र प्रियंका कार्की आवद्ध ‘मास्टर्नी’ गीतको विवादका सम्बन्धमा सभापतिले सम्बन्धित कलाकारले क्षमायाचना गरिसकेको र उक्त भिडियो आधिकारिक च्यानलबाट हटाइसकिएकाले यसमा थप प्रक्रिया आवश्यक नरहेको स्पष्ट पारिन् ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation