• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

तपाइकाे दिन कस्ताे छ अाज – २० चैत्र २०८० मंगलवार को राशिफल


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • २०८० चैत २० गते | मंगलवार २ अप्रिल २०२४। चैत्र कृष्णपक्ष अष्टमी तिथि, १५ः३५ बजेपछि नवमी। पूर्वाषाढा नक्षत्र, १८ः४३ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।

    Advertisement
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

    वृष – TAURUS

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेकाे काम राेकिने भयले सताउनेछ। गरेकाे श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।

    मिथुन – GEMINI

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    रमाइलाे भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।

    कर्कट – CANCER

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    साहसी काम गरेर उपलब्धि हातपार्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। नाेकरीमा कामको उच्च मूल्यांकन हुनेछ भने व्यापारमा प्रशस्त फाइदा हुनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

    सिंह – LEO

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

    कन्या – VIRGO

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामतर्फ श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। वादविवादले आफ्नै प्रतिष्ठामाथि प्रश्न उठ्नेछ, सजग रहनुहाेला।

    तुला – LIBRA

    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    पहिलेको सफलताले नयाँ अवसर समेत दिलाउने हुँदा जाेश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ। श्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। पराक्रम बढ्नेछ र शत्रु परास्त हुनेछन््र। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

    वृश्चिक – SCORPIO

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

    धनु – SAGITTARIUS

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    परिस्थिति नबुझी काम थाल्नाले समस्या पर्न सक्छ। आफ्ना कमजाेरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। सावधानीले पनि समस्या टर्न सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ।

    मकर – CAPRICORN

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। घर–परिवारबाट समेत टाढा भइने समय छ।

    कुम्भ – AQUARIUS

    गु, गे, गो, सा, सि, सु, से, सो, द

    मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

    मीन – PISCES

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    तारिफयाेग्य काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरू जुट्नाले जाेश–जाँगर पनि बढ्नेछ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation