Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने, आन्दोलन रोक्नुपर्ने सरकारको सर्त


  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
  • ३२ असार, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् ।

    Advertisement

    वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौं जान सरकारी टोली सर्त अघि सारेको छ । बाराको निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो । सरकारी वार्ता टोलीको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । तर पीडितहरूले लिखित सहमति बिना आन्दोलन रोक्न अस्विकार गरे ।

    त्यसपछि वार्तामा कुनै सहमति हुन नसकेको जेनजी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् । वार्ता असफल भएकाले आन्दोलन जारी रहने घिमिरेले बताइन् । पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो । साथै, अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीडितले अनलाइनखबरलाई बताए ।

    ‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं’, मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले भने, ‘हामी सचिवालयको बैठक गरी निर्णय गर्छौं । हाम्रो संघर्ष जारी छ ।’ लिखित सम्झौतामा हस्ताक्षर नभइ घर फर्कन नसकिने पीडितहरूको मत छ ।

    मिटरब्याज पीडितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाडौंको यात्रामा छन् । यसबीचमा गृहमन्त्री सुधन गुरुङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए । उनी आफैं सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो । यद्यपि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन ।

    हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गरिने मिटरब्याज पीडितहरूले अडान राखेका छन् । गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने माग उनीहरूको छ ।

    बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation