Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

बजेटमा एमालेले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह संकटमा


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • बजेटको विषयमा सत्ता गठबन्धनकारी दल एमाले फरक अडानमा उभिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह संकटमा परेका छन् । प्रदेश सभामा पेश भएको अगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारुढ एमालेले नै खर्च कटौतीको प्रस्ताव पेश गरेपछि निकासका लागि उच्च राजनीतिक भेटघाट गर्न शाह काठमाडौं पुगेका थिए ।

    Advertisement

    पार्टी सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्न चाहेका थिए तर ओलीले उनलाई समय नै दिएनन् । ओलीले भेट नदिएपछि शाह बुधबार धनगढी फकिँदैछन् । स्रोतकाअनुसार शाहले बजेटमा देखिएको समस्या समाधान गर्न काठमाडौँ पुगेपनि नेताहरूको सकारात्मक प्रतिक्रिया नपाएपछि उनी निराश भएर फर्किएका छन् । काठमाडौं पुगेको मुख्यमन्त्रीको टोलीलाई सभापति थापाले नै धनगढी फर्किन भनेका थिए ।

    थापाले ओली र नेकपा अध्यक्षसँग छलफल गरेर बजेट समस्या हल गर्ने प्रयासमा लाग्ने बताएका छन् । प्रदेश सभामा पेश भएको अगामी आर्थिक वर्षको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ । तर, सुुदूरपश्चिममा भने बजेटलाई लिएर भएको विवाद र एमालेको खर्च कटौतीको प्रस्तावका कारण त्यो सम्भावना क्षीण हुँदै गएको छ । बजेट पारित हुने सम्भावना कम हुँदै गएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार समस्यामा परेको छ ।

    प्रदेश बजेट होलिडेमा जाने जोखिम बढेको छ । सत्तारुढ एमालेले कुनै पनि हालतमा खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने अडान लिएको छ । प्रतिपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । ‘यो हाम्रो पार्टी केन्द्रको निर्णय हो । प्रदेश सभा सचिवालयमा दर्ता गरिएका खर्च कटौतीको प्रस्ताव फिर्ता हुँदैन,’ एमाले सुदूरपश्चिमका एक सांसदले भने, ‘मुख्यमन्त्री र सिंगो कांग्रेसले प्रदेशको हितमा नभएको बजेट पारित गर्नैपर्ने अडान लिइरहेपनि सफल हुुँदैन ।’

    ती सांसदका भनाइमा यो बजेटलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने हुँदा मुख्यमन्त्री शाहका प्रयास पनि सफल हुने छैनन् । सत्तारुढ दलभित्रै बजेटको विवादमा समाधान खोज्न गएका शाह बिना निष्कर्ष राजधानीबाट फर्किएपछि उनी अब कसरी अगाडि बढ्छन् ? भन्ने कुरा हेर्न बाँकी छ ।

    एमाले सांसदहरू भने शाहसँग पदबाट राजीनामा दिने वा प्रदेश सभा फेस गर्ने मात्रै विकल्प भएको बताउँछन् । अहिलेको बजेटमा प्रतिपक्षी दल नेकपाले पनि साथ दिने सम्भावना छैन । नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले यसअघि नै भएभरको तागत लगाएर सरकारको बजेट फेल गर्ने बताइसकेका छन् । अर्कोतिर नेकपाले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेका कारण यो बजेटमा सरकारलाई साथ नदिने नेताहरू बताउँछन् ।

    स्रोतकाअनुसार प्रदेश सरकारको बजेट संशोधन गर्न कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाउने छलफल पनि भएको थियो । तर, एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट र सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि त्यो प्रयास विफल भएको थियो । बजेटमै शाह संकटमा परेपछि सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ । अहिलेको अवस्थामा कांग्रेसलाई समेत मिलाएर अघि बढ्नुुुपर्ने आवाज पनि दुवै पार्टीभित्र उठिरहेको छ ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation