Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

प्रतिपक्षको प्रतिवाद गर्न संसद्‌मा नियमापत्तिको सहारा लिँदै रास्वपा


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • ३० असार, काठमाडौं । प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधिसभामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन् । सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग दजवाफ मागिरहेका छन् ।

    Advertisement

    सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा पनि विपक्षी प्रश्न छँदैछ । सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारुढ रास्वपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले ‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका सडकहरूमा दिनभर जसो सडक जाम गरिएको’ बताए ।

    साथै मिडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ भएको बताए । ‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ मल्लले भने । यो विषयको प्रतिवाद गर्दै रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गरिन् । उनले भनिन्, ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको बताइन् ।

    प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ मा राज्यको प्रतिष्ठा र अपमान हुने गरी बोलेको बताएकी हुन् । ‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’

    सिंगो राज्यले परिचालन गरेको हो भने त्यो प्रमण संसद्‌मा दिनुपर्ने उनको माग छ । सरकारले यो घटनामा संलग्नलाई कारबाही गर्छु भनिसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने पनि उनको आग्रह छ । यसैगरी, नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याखया गरे ।

    त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई श्री ८ को संज्ञा दिए । उनले भने, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’

    उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’ सांसद राईको यस्तो अभिव्यक्ति लगत्तै रास्वपाका सांसद शिव शंकर यादवले नियमापत्ति गरे ।

    उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation