Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

  • ८. जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

  • ९. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • १०. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

    Advertisement

    यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ । अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२\८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथि छलफल गरिनेछ । छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा। गोपालकुमार चौधरी सहभागी हुने कार्यसूची रहेको छ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । यसैगरी, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । उक्त बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation