Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • ८. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

  • १०. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

घुसकाण्डमा दोषी ठहर भएका पूर्वसभासद कार्की एमाले प्रवेश


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • चार लाख रुपैयाँ घुस खाएको आरोपमा दोषी ठहर भएका पूर्वसभासद डोलबहादुर (डिबी) कार्की एमालेमा प्रवेश गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई पार्टी प्रवेश गराएका हुन् ।

    Advertisement

    एमालेमा प्रवेश गर्नुअघि उनी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को पोलिटब्यूरो सदस्य थिए । कार्की सहित नेकपाका ६ जना नेताहरू एमालेमा प्रवेश गरेका हुन् । चार लाख रुपैयाँ घुस एमाले सांसद डिबी कार्की पहिलो संविधानसभाको सभासद् भएका बेला एक व्यक्तिलाई इन्सपेक्टर बनाइदिने भनी चार लाख रुपैयाँ घुस खाएको आरोपमा दोषी ठहर भएका थिए ।

    उनले दुई चरणमा चार लाख रुपैयाँ घुस लिएकोमा अदालतले दोस्रो चरणमा लिएको एक लाख रुपैयाँ घुसका लागि मात्रै उनलाई जिम्मेवार ठहर्‍याएको थियो । भदौ २०६७ सालमा नेपाल प्रहरीमा इन्टपेक्टर भर्ना चलिरहेको थियो । सभासद डोल बहादुर(डीबी) कार्कीले इन्सपेक्टरको जागिर लगाइदिने भनी दुई जनासँग ५ लाख रुपैयाँ मागेका थिए । त्यसक्रममा डिल भएर उनले उनले ३ लाख लगिसकेका थिए । उनीहरूले थप दुई लाख रुपैंया दिने तय भएको थियो, तर मोलमोलाईका क्रममा थप एक लाख रुपैंया मात्रै बुझाए हुने सहमती बन्यो ।

    कार्कीले घुस मागेका व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरे र रकम सनाखत गरेर कार्कीलाई बुझाए । अख्तियारको टोलीले सभासद कार्कीलाई पक्राउ गर्‍यो । एक लाख बरामद भएको थियो । कार्कीसँगै स्वामी ब्रम्हानन्द उदासीन नामले चिनिने हर्कनाथ गौतम पनि पक्राउ परेका थिए । चिट पनि बरामद अख्तियारले खानतलासी गर्दा सभासद कार्कीले ‘अन्तर्वार्ता, आज १० गतेका लागि । मा. डीबी कार्की, एक मात्रै अनुरोध छ, जसरी पनि पास गरिदिन अनुरोध छ’ भनेर लेखिदिएको चिट पनि फेला परेको थियो । उनीहरूको कल डिटेल रेकर्डमा पनि बारम्बार सम्पर्क र कुराकानी भएको भेटियो ।

    अख्तियारले कार्कीले लेखेको चिटमा हस्ताक्षर मिल्ने भनेर प्रमाणित समेत भयो । मुद्दा दायर भएपछि विशेष अदालतले सभासद् कार्की र उनीसँगै पक्राउ परेका ब्रम्हानन्द उदासीन दुवैलाई ४/४ महिना कैद र एक एक लाख रुपैयाँ जरिवाना जर्‍यो । अनि डिबी कार्की संविधानसभा सदस्य भएकाले थप दुई महिना कैद पनि भयो । मुद्दा सर्वोच्च अदालत पुग्यो । सर्वोच्चमा मुद्दा पुग्दा ब्रम्हानन्द दिवंगत भइसकेका थिए ।

    सर्वोच्चले असार, २०७६ मा विशेष अदालतको फैसला सदर गरेको हो । त्यतिबेला अख्तियारले शुरुमा बुझाएको तीन लाख र पछि बरामद समेत भएको एक लाख गरी सभासद् कार्कीले चार लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो । तर सर्वोच्च अदालतले भने तीन लाख रुपैंया बुझाएको कुनै दसी वा प्रमाण फेला नपरेको भन्दै बरामद भएको एक लाख रुपैयाँलाई नै घुसको बिगो कायम गरेको थियो ।

    सर्वोच्च अदालतले समेत दोषी ठहर गरेकाले पूर्वसभासद कार्कीको मुद्दा अन्तिम भएर बसेको थियो । कुनैपनि तहको जनप्रतिनिधिमूलक तहमा उम्मेद्वार बन्न नपाउने भएपनि कार्की राजनीतिक क्रियाकलापमा भने संलग्न हुँदै आएका थिए ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation