८ वटा विश्वविद्यालयको उपकुलपतिका पदका लागि तीन/तीन जनाको नाम टुंगो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले तीन/तीन जनाको नाम टुंगो लगाएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति तीन/तीन जनाको नाम टुंगो लागेको जानकारी दिए ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन/तीन जनाको नाम टुंगिएको हो ।
यी नामहरू समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्तसम्बन्धी निर्णय गर्ने व्यवस्था छ । जसअनुसार छिट्टै प्रक्रिया पूरा गरेर नियुक्तिको तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ । अधिकांश विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बालेन शाह हुने व्यवस्था छ ।
उपकुलपतिका लागि उम्मेदवार दिएका उम्मेदवारहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि तीन-तीन जनाको नाम सिफारिस भएको हो ।
