शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनले निकालेको सुचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन् । अस्पतालले बीमा अन्तर्गतको ओपीडी सेवामात्रै सञ्चालनमा ल्याउन लागेकाे हाे ।
Advertisement
अस्पतालले बीमा सेवा लिनेका लागि छुट्टै टिकट काउन्टर पनि सञ्चालनमा ल्याएको छ । बीमा अन्तर्गतको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि साढे २ बजेसम्म लिन सकिन्छ ।
अस्पतालले तोकिएको समयमै उपस्थित भई सेवा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । यस अस्पतालले गएको माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमका सबै सेवा बन्द गरेको थियो ।
