Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • २ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • ३० जेठ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलो गरी सुरु भएको हो । मतदानमा झण्डै १३ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ ।

    Advertisement

    समायोजनबाट विवादित चार सय प्रतिनिधिमध्ये २१० जनाले मत दिन पाउने भएका छन् । अहिले प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन् । रास्वपाले प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने विद्युतीय मतदानका लागि १५ वटा बुथमा बनाएको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुने बताइएको छ ।

    बागमती प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेदवारी दिएका छन् । रास्वपा बागमतीका नेताहरूको अनुसार चारमध्ये डा. लामिछाने र अर्याल बीच मुख्य प्रतिस्पर्धा हुनेछ । लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन् । सभापतिका यी दुई प्रतिस्पर्धीले आ–आफ्नो प्यानल अघोषित रूपमा खडा गरेको प्रदेश नेताहरूको दाबी छ ।

    लामिछानेको प्यानलमा उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा बदन भण्डारी, सह महामन्त्रीमा डा रमेश ढकाल बनाउने गरी आन्तरिक तयारी गरिएको छ । भट्ट वर्तमान समितिको महामन्त्री छन् । सभापतिको आकांक्षी भण्डारीले उक्त पदमा उम्मेदवारी नदिएर लामिछानेलाई सघाउने आन्तरिक सहमति भएको जानकारी गराइएको छ । भण्डारी प्रतिनिधि सभा सदस्य छन् । काभ्रे–२ बाट निर्वाचित भण्डारी सार्वजनिक मामिला विभागका सचिव समेत हुन् ।

    सोही प्यानलमा सहमहामन्त्री बनाउने तयारी गरेका डा ढकाल अस्पताल सञ्चालक हुन् । सभापतिको अर्को उम्मेदवार अर्याल पक्षबाट उप सभापतिमा राधिका तिमिल्सिना, महामन्त्रीमा मेनुका ठकुरी उठाउने गरी तयारी भएको जानकारी गराइएको छ। खतिवडा र ठकुरी वर्तमान समितिमा पनि छन् । खतिवडा सहमहामन्त्री र ठकुरी कोषाध्यक्ष छन् । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री (फरक–फरक लिङ्गको गरी २) निर्वाचनमार्फत चुनिनु पर्छ । प्रवक्ता र कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । बागमती प्रदेश समिति ६५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation