Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • २ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

मोबाइलमा आएको एउटा ‘लिंक’ले रित्यायो सुजनको २५ लाख, दुई जनाविरुद्ध ठगी मुद्दा


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मोबाइलमा प्राप्त एक शङ्कास्पद लिंकमा क्लिक गरेपछि काठमाडौँका सुजन खनालले २५ लाख ४४ हजार १०० रुपैयाँ गुमाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सप्तरीका २० वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

    Advertisement

    उनीहरू हाल फरार रहेका छन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरअन्तर्गत मुद्दा चलाइएको छ । दोषी ठहर भएमा उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । साथै, पीडितलाई पूरा क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

    अदालतले फरार रहेका दुवै अभियुक्तलाई पक्राउ गर्न पुर्जी जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । खाताबाट यसरी गायब भयो रकम गत २९ जेठ २०८२ मा पीडित खनालको मोबाइलमा ‘THE_ALERT’ नामबाट एउटा सन्देश (SMS) आएको थियो । जसमा लेखिएको थियो– “तपाईंको कनेक्ट आईपीएस खाता सुरक्षाका कारण रोक्का गरिएको छ, सुचारु गर्न यो लिंक (https://rb.gy/o4u15m) मा क्लिक गरी विवरण भर्नुहोस् ।”

    उक्त सन्देशलाई आधिकारिक ठानेर खनालले लिंकमा क्लिक गरी आफ्ना बैंकिङ विवरणहरू प्रविष्ट गरे । पछि शङ्का लागेर उनले प्रक्रिया रद्द गरे पनि त्यतिन्जेल ह्याकरहरूले उनको ‘कनेक्ट आईपीएस’ मा अनधिकृत पहुँच बनाइसकेका थिए ।

    खनाल राति सुतिरहेको बेला ह्याकरहरूले उनको दुईवटा बैंक खाताबाट रकम ट्रान्सफर गरे । राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकबाट आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकको खातामा सुरुमा परीक्षणका लागि १०० र पछि पटक–पटक गरी ११ लाख ७४ हजार १०० रुपैयाँ पठाइयो ।

    दोस्रो दिन जेठ ३१ को बिहान पुनः खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंकको खातामा १३ लाख ७० हजार रुपैयाँ सारियो । भोलिपल्ट बिहान मोबाइल खोल्दा मात्र खनालले आफ्नो खाताबाट कुल २५ लाख ४४ हजार १०० रुपैयाँ चोरी भएको पत्तो पाएका थिए ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation