Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • २ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

विश्वकप नि:शुल्क हेर्ने उपाय खोज्दा ‘स्क्याम’, अनधिकृत एप र वेबसाइट बन्द गरिंदै


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • २८ जेठ, काठमाडौं । विहीबार मध्यरातबाट सुरु हुन लागेको विश्वकप फुटबल नि:शुल्क हेर्ने उपाय खोज्दा उपभोक्ताहरु ठगीमा परेका छन् । यही बेला सरकारले विश्वकप फुटबल देखाउने भनिएका अनधिकृत वेबसाइट र एपहरु बन्द गर्ने तयारी गरेको छ ।

    Advertisement

    विश्वकप निशुल्क हेर्न भन्दै विभिन्न लिंकहरु पठाउने र त्यहाँबाट ठगी गर्ने धन्दा सुरु भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बताएको छ । साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दिलिप गिरीका अनुसार विश्वकप नि:शुल्क हेर्न मिल्ने भन्दै देखिएका लिंकमा क्लिक गर्दा ठगिएको भन्दै ७७ वटा उजुरी ब्यूरोमा आएको छ । उनका अनुसार उजुरीमा १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको ठगी भएको उल्लेख छ । यसरी नि:शुल्क विश्वकप हेर्न भन्दै लिंक पठाएर ठगी गर्ने क्रम सुरु भएपछि जथाभावी लिंक क्लिक नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ ।

    ‘विश्वकप नि:शुल्क हेर्ने नाममा मान्छेहरु लाखौं पाइएको छ । जथाभावी लिंक क्लीक नगर्न हामीले अनुरोध गरेका छौं,’ एसपी गिरीले भने । अनधिकृत एप र वेबसाइट बन्द गराउने तयारी यसैबीच फिफा विश्वकप २०२६ को खेल अनधिकृत रूपमा लाइभ प्रसारण गर्न सक्ने सम्भावित वेबसाइट र मोबाइल एपमा सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको विशेष अधिकार पाएको ‘एस प्रो मिडिया प्रालि’को अनुरोधको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृत वेबसाइट र एप बन्द गराउन लागेको हो । प्रालिका अध्यक्ष सोम धितालले सञ्चार मन्त्रालयलाई पत्र लेखेर त्यस्ता एप र वेबसाइट बन्द गराउन भनेका थिए । त्यसमा आवश्यक कारबाहीका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको थियो ।

    प्राधिकरणका एक अधिकारीले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने अनधिकृत तीन दर्जन बढी प्लेटफर्मलाई बन्द गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation