Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • ८. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

  • १०. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • काठमाण्डौ – पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो । घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुलचोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा  एक करोड ४६ लाख ९४ हजार, ७०० रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १:०० बजेको समयमा आफ्नै पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो ।

    उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनालगत्तै प्रहरीले विभिन्न स्थानको सिसीटिभी फुटेज सङ्कलन गरी अनुसन्धान गर्दा निज पसल सञ्चालक विक रातिको समयमा पसलमा प्रवेश गरेर करिब दुई घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ । यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल–२ को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानमा राखिएका सिसी टिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ ।

    प्रहरीले विकको घरमा छापा मारेर बाला दुई थान, लकेटसहितको सिक्री एक थान, सिक्री एक थान, सुनको कानमा लगाउने कानपासा चार थान, झुम्का एक जोडी, कानको बाली एक जोडी, सुनसहितको सेतो र हरियो माला दुई थान, सुनको औँठी तीन थान, सुनको कानको टप एक जोडी, स्टोन फुली, चाँदीको लोटा एक थान, चाँदीको बिच्छु छ थान तथा चाँदीको औँठी एक थान बरामद गरेको जनाएको छ ।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation