Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १० घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १२ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १२ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • २ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • २ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ४. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ५. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ६. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ७. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ८. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ९. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • १०. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

अब के गर्लान् ‘आफैँले थापेको पासोमा परेका’ विज्ञान-प्रविधिमन्त्री महावीर पुन?


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • वैज्ञानिक महावीर पुन दोहोर्‍याई रहन्थे, ‘अनुसन्धानको लागि छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ को आवश्यक छ,मन्त्रालय नै बनाएर बजेट विनियोजन हुनुपर्छ।’जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको नेतृत्वको सरकारमा शिक्षामन्त्री भएको वेला पनि शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय छुटाएर छुट्टै मन्त्रालय बनाउने योजनामा थिए।

    Advertisement

    विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान तथा विज्ञान प्रविधिसम्बन्धी सबै काम सोही मन्त्रालय मार्फत गराउने योजना उनको थियो। तर त्यस वेला उनको योजना सफल हुन सकेन।

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्व सरकारले २२ मन्त्रालयबाट १८ वटा मन्त्रालय कायम गर्‍याे। त्यसमा थप नयाँ ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ बनायो।यो क्षेत्रको लागि सरकारले कुल बजेटको १ प्रतिशत बजेट बिनियोजनसमेत गरेको छ। उक्त मन्त्रालय थपिएपछि महावीर पुनले सरकारलाई धन्यावद दिएका थिए।

    यसरी छुट्टै मन्त्रालय बनाउनुपर्छ र बजेट विनियोजन हुनुपर्छ भन्दै माग राख्ने ती नै महावीरलाई सरकारले यो मन्त्रालयको बागडोर सम्हाल्ने ठाउँमा पुर्‍याएकाे छ। उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्।उनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिए। तिनै मन्त्री हुन,जो ‘जेनजी’ आन्दोलनपछि ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ बेच्दै हिँडिरहेका वेला एकाएक शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए।

    के गर्न चाहन्छन् पुन ?

    मन्त्री पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन बीना देशको विकास हुन नसक्ने तर्क राख्छन्। त्यसाे त देशलाई चाहिने नयाँ उपकरण यही अनुसन्धान गरि उत्पादन गर्न चाहान्छन्।हिजो पद तथा गोपनियताको शपद ग्रहण गरेपछि उनले भने,‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाउनुपर्छ भन्ने यो चाहना त उहिलेदेखिकै नै हो। यो विना देशको विकास हुँदैन,यसको लागि एकोहोरो काग कराउने मन्त्री मै हुँ। तर, एउटालाई पासो थाप्छु भनेको आफैँ पासोमा परेँ। अब पासोमा परेपछि फुत्कन पाइन्न,अब दिमागले भ्याएसम्म काम गर्ने हो।’

    उनले मन्त्री भइसकेपछि आफ्ना सपना र योजनाहरू पनि सुनाएका छन्। उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र जस्तै अब केन्द्र सरकारले २/४ वटा अनुसन्धान नवप्रवर्तन केन्द्र खोल्नुपर्ने छ र खोलिने छ।तत्काल एक-दुई गरी विस्तारै यस्ता केन्द्र खोलिँदै लगिने छ। नयाँ विज्ञान प्रविधिको विकास देख्न भने १० वर्षसम्म समय लाग्ने उनकाे भनाइ छ।

    ‘नेपालमा आयत हुने ठूलो (कार बनाउने,मंगलग्रहमा जाने उपकरण बनाउने) होइन,साना-साना चिजहरु उत्पादन गर्न, युवाहरूले ढुक्कले कुनै चिन्ता नलिइ रिसर्च इनोभेसन गर्न चाहनेका लागि केन्द्र खोलिने छ’,उनले भने, ‘अहिलेको राष्ट्रिय आविष्कार केन्द्रमा पनि त्यही युवाहरू स्वतन्त्र र ढुक्कले काम गरिरहेका छन्।’

    यस्ता २/४ वटा नै केन्द्र खोल्नु आवश्यक रहेको उनले बताए। ‘तर,विस्तारै एक, एक वटा रिसर्च इनोभेसन केन्द्र खोलिन्छ। नवप्रवर्तन गर्न बढी जोड दिइन्छ। नेपालमै उत्पादन गर्नेमा जोड गर्छ,नेपाललाई चाहिने यही उत्पादन गर्ने काममा चाही विज्ञान मन्त्रालयको जोड हुन्छ’,उनले भने।

    उनका अनुसार त्यो उत्पादन मन्त्रालयले गर्ने नभएर त्यस्तो उत्पादन गर्न चाहनेहरुलाई रिसर्च इनोभेसन गर्नको लागि मन्त्रालयले वातावरण तयार गरिदिने छ।

    अनुसन्धान गर्न चाहने युवाहरुलाई उद्यमशील बनाइने छ। ‘उनीहरूले चाही कुनै चिजको विकास गरुन्। त्यसलाई चाहिँ उद्याेग मन्त्रालयले ‘स्टार्टअप कोष’ हुन्छ। त्यस मार्फत उनीहरुलाई उद्यमशील बनाउने हो,हाम्रो काम चाहिँ उद्यमशील बन्न अगाडिको जुन स्टेप छ, त्यो स्टेपसम्म मन्त्रालयले बनाइदिने हो। यो काम देख्न ५ देखि १० वर्ष समय भने चाहिने छ’,उनले भने।

    को हुन महावीर ?

    उनी वैज्ञानिक,अनुसन्धानकर्ता एवं समाजसेवी पनि हुन्। २०११ माघ ५ गते म्याग्दी जिल्लाको नागी गाउँमा बुबा कृष्ण पुन र आमा पूर्वी पुनको छोराका रूपमा जन्मिएका पुनलाई नचिन्ने सम्भवतः अहिले कोही छैनन्।उनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने  उद्देश्यले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेका थिए। उनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन्।

    हाल पनि उनी त्यही केन्द्र सञ्चालनका लागि वेला-वेला उनका किताब बेच्दै हिँडिरहेका हुन्छन्। पुनले सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरेका थिए। उनले लामो समय शिक्षण पेशा पनि अँगालेका थिए।

    गत भदौ २३ र २४ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध भएको जेनजी आन्दोलनले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको बलियो सरकार ढल्यो। त्यसपछि देशमा बनेको प्रथम महिला प्रधानमन्त्री सुशीला नेतृत्वको अन्तरिम सरकारबाट पुन शिक्षा मन्त्री भएका थिए।

    उनी मन्त्री बहाल रहेकै वेला राजीनामा दिएर फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिए। उनले त्यसवेला ‘झोक’ चलेपछि त्यसवेला उम्मेदवारी दिएको आफैले बताएका थिए।

    उनले उम्मेदवारी दिएपछि भनेका थिए, ‘अब उकालो लागियो मुना गाउँतिर चुनाव प्रचार प्रसार गर्न, शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन। एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झाए। अनि त रिस उठ्यो र म्याग्दी तिर दगुरेँ।’

    त्यसरी अर्थात् ‘झोक’ चलेपछि उम्मेदवारी दिएका पुन अन्तत: म्याग्दीमा पार्टीका उम्मेदवारहरूलाई पछि पार्दै संसदीय यात्रामा प्रवेश गरे। एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरी विजयी भएका हुन्।

    पुनले २२ हजार ८५० मत प्राप्त गर्दाश्रेष्ठले  ७ हजार ११९ मत मात्रै प्राप्त गरे। अहिले उनी सांसद मात्र नभएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्।उनले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाएका छन्। उनी आफ्ना बन्दोबस्तीका सामानसहित बुधबार सिंहदरबारभित्र रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा डेरा सरेका छन्।

    यसअघि शिक्षामन्त्री भएका वेला पनि मन्त्रालयमै उनी बसेका थिए। त्यही आफैँ पकाएर खाने,सुत्ने गरेका थिए। यो कार्यले त्यस वेला  निकै चर्चा बटुलेको थियो।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ४.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ५.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • ६.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation