Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ५९ मिनेट 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • २ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राजनीतिमा एउटा नयाँ र ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । बुधबार मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म सत्तामा रहने ‘निर्वाचित’ प्रधानमन्त्री बनेका हुन् । सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार यस पदमा आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो नयाँ रेकर्ड बनाएका हुन् । यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको थियो ।

    Advertisement

    नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरेका थिए । नेहरूको सोही रेकर्डलाई उछिन्दै मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय लगातार देश चलाउने निर्वाचित नेता बनेका हुन् । वर्तमान समयमा मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री पद सम्हालिरहेका छन् । यस ऐतिहासिक कीर्तिमानको सन्दर्भमा ‘नियुक्त’ र ‘निर्वाचित’ कार्यकालको भिन्नतालाई बुझ्न जरुरी देखिन्छ ।

    सन् १९४७ अगस्ट १५ मा भारत बेलायती उपक्रमबाट स्वतन्त्र भएपछि जवाहरलाल नेहरूलाई सिधै प्रधानमन्त्री नियुक्त गरिएको थियो । उनी संसद्‌बाट निर्वाचित नभई सोझै नियुक्त भएको सो पहिलो अवधि सन् १९४७ अगस्ट १५ देखि १९५२ मे १३ सम्म कुल १ हजार ७ सय ३२ दिनको रहेको थियो । त्यसपछि सन् १९५२ मा भारतमा पहिलो पटक आम निर्वाचन भयो र कांग्रेस सत्तामा आएपछि संसदीय दलले नेहरूलाई आफ्नो नेता छान्यो । यसरी निर्वाचन जितेर आएपछि नेहरू १९५२ मे १३ देखि १९६४ मे २७ सम्म लगातार ४ हजार ३ सय ९८ दिन निर्वाचित प्रधानमन्त्रीका रूपमा पदमा रहेका थिए ।

    मोदीले नेहरूको सोही निर्वाचित अवधिको रेकर्डलाई तोडेका हुन् । कुनै पनि पदमा बिनाकुनै अवरोध निरन्तर रहिरहनुलाई लगातार कार्यकाल भनिन्छ, जसरी मोदी सन् २०१४ मे २६ देखि अहिलेसम्म निरन्तर पदमा छन् । अर्कोतर्फ, फरक–फरक समयमा सोही पदमा रहेर काम गरेको अवधिलाई जोडेर ‘कुल कार्यकाल’ निकालिन्छ, जसरी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी तीन फरक अवधिमा प्रधानमन्त्री बनेका थिए । मोदी सरकारको १२ वर्ष पूरा भएको अवसरमा र यो ऐतिहासिक रेकर्डको खुसीयाली मनाउन बुधबार दिउँसो नयाँ दिल्लीको भारत मण्डपममा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को एउटा महत्त्वपूर्ण बैठक बस्दै छ ।

    बैठकमा भाजपा र एनडीएशासित २२ राज्य तथा केन्द्रशासित क्षेत्रका मुख्यमन्त्री, उपमुख्यमन्त्रीसहित प्रमुख नेताहरूको उपस्थिति रहनेछ । सो बैठकमा मोदीले कायम गरेको यस कीर्तिमानका लागि बधाई प्रस्ताव पारित गरिनेछ । यसका साथै बैठकमा ‘विकसित भारत–२०४७’ को रोडम्याप, केन्द्र र राज्यहरूबीचको समन्वय, विकास परियोजनाहरू, ‘इज अफ लिभिङ’ र ‘इज अफ डुइङ बिजनेस’ लाई अझ अगाडि बढाउने विषयमा गम्भीर छलफल हुनेछ ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation