Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • २ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • २ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • २ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • २ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ३. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

मोबाइलबाटै भारत-नेपाल व्यक्तिगत खातामा पैसा पठाउन सकिने सेवा सञ्चालनमा


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् ।

    Advertisement

    ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ अथवा कनेक्ट आईपीएसको मोबाइल एप मार्फत अन्तरदेशीय रकम पठाउन सक्छन् । यसका लागि क्रशबोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ । रकम ट्रान्सफर गर्दा बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । भारत तर्फ समेत हाल मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै यो सुविधा लाइभ भएको बुझिएको छ । एनसीएचएलका अनुसार अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा क्रमशः यो सेवा विस्तार गरिनेछ ।

    विगत एक सातादेखि नै यो सेवा आन्तरिक रूपमा परीक्षणमा रहेको एनसीएचएलले जनाएको छ । रकम ट्रान्सफरका लागि दैनिक तथा मासिक कारोबार सीमा तथा शुल्क तोकिएको छ । यद्यपि यस विषयमा अबको केही दिनभित्र एनसीएचएलले औपचारिक रूपमै घोषणा गर्ने तयारी समेत गरिरहेको छ ।

    नबिल बैङ्कले भने आफ्नो मोबाइल बैङ्किङ एप एन बैङ्कमार्फत नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु भएको घोषणा नै गरेको छ । जसअनुसार नबिल बैङ्कमा खाता रहेका भारतीय नागरिकहरूले भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्कालै मोबाइल एपबाट रकम पठाउन सक्नेछन् । त्यसैगरी भारतबाट नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका आफ्ना परिवार तथा साथिभाइको नबिल बैङ्कमा रहेको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन् ।

    बैङ्कले नेपालबाट भारत रकम पठाउनका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकेको छ । भारतबाट नेपालका लागि प्रति दिन दुई लाख भारुको सीमा लगाइएको छ भने मासिक सीमा भने तोकिएको छैन अर्थात् असीमित राखिएको छ ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation