Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ५८ मिनेट 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २४ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २४ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २४ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

बिकेनन् बैतडीका सामुदायिक वनका काठ, एक करोड बढी आम्दानी गुम्ने जोखिम


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • २४ जेठ, बैतडी । बैतडीका विभिन्न सामुदायिक वनहरूले निकासीका लागि तयार पारेको लाखौँ रुपैयाँ बराबरको काठ बिक्री हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ । जिल्लाको पाटन नगरपालिका भित्रका विभिन्न सामुदायिक वनहरूमा गत वर्षदेखि नै निकासीका लागि तयारी अवस्थामा राखिएको काठ एक वर्ष बितिसक्दा पनि बिक्री हुन सकेको छैन ।

    Advertisement

    सामुदायिक वनहरूले गत वर्ष ३७ हजार क्युफिटभन्दा बढी गोलिया तथा चिरान काठ तयार पारेका थिए । तर हालसम्म निकासी हुन नसक्दा काठको गुणस्तर घट्दै गएको छ । पाटन नगरपालिका–९ स्थित सल्लेबासा सामुदायिक वनको १२ हजार क्युफिट काठ गत वर्ष नै तयार पारिएको भए पनि अझै बिक्री हुन नसकेको सामुदायिक वनका अध्यक्ष नरबहादुर भाटले जानकारी दिए । ‘गत वर्ष नै गोलिया र चिरान गरी तयार गरिएको काठ अहिलेसम्म निकासी हुन सकेको छैन,’ अध्यक्ष भाटले भने ।

    यस्तै, पाटन नगरपालिका–२ स्थित महारुद्र सामुदायिक वनको १६ हजार क्युफिट काठ पनि एक वर्षदेखि अलपत्र अवस्थामा छ । निकासीका लागि निरन्तर प्रयास गरिए पनि सफल हुन नसकेको सामुदायिक वनका अध्यक्ष वीरबहादुर ऐरले बताए । ‘घाटगद्दीमै काठ कुहिने अवस्थामा पुगिसकेको छ । धेरै झन्झट व्यहोरे पनि निकासी गर्न सकेका छैनौँ,’ अध्यक्ष ऐरले भने । पाटन नगरपालिका–३ को प्रगतिशील सामुदायिक वनमा रहेको ७ हजार क्युफिट काठ पनि एक वर्षदेखि बिक्री हुन सकेको छैन । ठेकेदारको लगानीमा कटानी तथा तयारी गरिएको काठ निकासी हुन नसक्दा सामुदायिक वनलाई समेत आर्थिक क्षति हुने अवस्था आएको अध्यक्ष डम्मर भट्टले बताए ।

    ‘काठ तयार पारेको एक वर्ष भइसक्यो । पानी र मौसमका कारण काठ कुहिसकेको छ । एक नम्बरको गोलिया दुई नम्बरमा परिणत भइसकेको छ,’ अध्यक्ष भट्टले भने । ‘गत वर्ष समयमै बिक्री भएको भए ए–ग्रेडमै बिक्री हुन्थ्यो तर बर्खाको पानीले काठको गुणस्तर घटाएको छ । अहिले बी–ग्रेडमा समेत बिक्री गर्न कठिन हुने अवस्था छ,’ अध्यक्ष भट्टले भन्छन् । पाटन नगरपालिका–६ स्थित मान्केश्वर सामुदायिक वनको २ हजार क्युफिट काठ पनि एक वर्षदेखि बिक्री हुन नसकेको सामुदायिक वनका अध्यक्ष दीपक विष्टले बताए ।

    ‘ठेकेदारको समन्वयमा कटानी आदेश लिएर काम गरेका हौँ । तर वर्षदिनदेखि बिक्री हुन सकेको छैन । मिलहरूले काठ खरिद गर्न छाडेका छन्,’ अध्यक्ष विष्टले भने । डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कर्णका अनुसार बैतडीबाट तराईका जिल्लाहरूमा काठ निकासी हुने गरे पनि पछिल्लो समय काठको खरिद–बिक्री अत्यन्त न्यून भएको छ । काठ बिक्रीबाट प्राप्त राजस्वमध्ये प्रदेश सरकारले १५ प्रतिशत र स्थानीय तहले १० प्रतिशत लिने व्यवस्था छ भने बाँकी ७५ प्रतिशत रकम सामुदायिक वनमै रहने गरेको छ ।

    सामुदायिक वनका पदाधिकारीहरूका अनुसार न्यूनतम मूल्यमा बिक्री गर्दा पनि करिब एक करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने जोखिम देखिएको छ । ए–ग्रेडको गोलियाको न्यूनतम मूल्य प्रतिक्युफिट २५० रुपैयाँ र बी–ग्रेडको गोलियाको न्यूनतम मूल्य प्रतिक्युफिट १५० रुपैयाँ पर्ने वनका पदाधिकारीहरु बताउँछन् ।

    नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको प्रसंग संसदमा समेत उठ्दै आएको छ । तर समस्या समाधान हुन सकेको छैन ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ४.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ५.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ६.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ८.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation