Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • ३ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • ५ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • ५ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • १ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • १ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • १ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • १ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • ४. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ५. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ६. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ७. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ८. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ९. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • १०. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक एक लाख जनामा ५३ जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२७ रहेको छ ।साथै हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एक लाखमा ५३ जना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

    Advertisement

    केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनाले क्षयरोगका बिरामी अरू कुनै कारणले मृत्यु भए भने पनि क्षयरोगकै कारण मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेकाले पनि मृतकको सङ्ख्या धेरै देखिएको हुनसक्ने बताए ।  यस्तो अवस्थाको रोकथामको उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्षमा थप १०७ वटा स्थानीय तहमा क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । योसँगै हाल सञ्चालित १४९ बाट बढेर अब २५६ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम पुग्ने केन्द्रले जनाएको छ ।

    क्षयरोग मुक्त नेपाल अभियानले सन् २०५० सम्ममा क्षयरोग निवारण लक्ष्य हासिल गर्ने गरी कार्यक्रमहरू गर्ने केन्द्रले जनाएको छ । हाल एआई जडित डिजिटल एक्सरेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रूपमा भइरहेको छ । केन्द्रका उपसचिव तिमल्सेनाले क्षयरोगका लागि आगामी आर्थिक वर्ष १ अर्ब ५० करोड बजेट विनियोजन भएको जानकारी दिए । सङ्घमा ८२ करोड, प्रदेशमा १७ करोड र स्थानीय तहमा ५१ करोड बजेट विनियोजन भएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधी संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरी उपचार गरिएको थियो । तीमध्ये ३९ प्रतिशत महिला ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए ।

    उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशतमा फोक्सो बाहेक अन्य अमा हुने क्षयरोग देखिएको थियो । औषधी प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना पहिचान गरिएको थियो । उपचार सफलता दर औषधी संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधी प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

    देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन् । साथै औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको केन्द्रले जनाएको छ । अनुमानित ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । साथै ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहोर्नुपरेको छ भने लाञ्छना र सामाजिक भेदभावले पनि समस्या जटिल बनाएको छ ।

    पर्याप्त स्रोतसाधनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको केन्द्रले जनाएको छ ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • ४.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    • ५.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ६.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation