Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ५३ मिनेट 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ५८ मिनेट 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २३ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २४ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २४ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

प्रधानमन्त्री बालेनलाई खुलापत्र


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • सम्माननीय प्रधानमन्त्रीज्यू,

    Advertisement

    यो पत्र लेख्नुअघि म एउटा सामान्य नागरिकको हैसियतबाट तपाईंसँग क्षमा माग्न चाहन्छु । किनकि म न राजनीतिक विश्लेषक हुँ, न कूटनीतिज्ञ, न कुनै इतिहासकार । तर यो व्यवस्था ल्याउने एउटा जिउँदो सहिद पक्कै हुँ । जुन व्यवस्था अन्तर्गत नै तपाईंले आज सत्तामा बिराजमान हुने अवसर पाउनु भएको छ । यतिबेला म त त्यो नागरिक हुँ, जसले चुनावका बेला राजनीति हेर्छ, मतदान गर्छ र फेरि आफ्नै जीवनको संघर्षमा फर्किन्छ । तर केही विषय यस्ता हुन्छन्, जसमा राजनीति नबुझे पनि मन दुख्छ, चिन्ता बढ्छ र मौन बस्न सकिँदैन । देशको सिमाना त्यस्तै विषय हो ।

    राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान त्यस्तै विषय हो । म यो पत्र कुनै दलको झण्डामुनि उभिएर लेखिरहेको छैन । म यो पत्र नेपालको नक्सा हेर्दा गर्व गर्ने, राष्ट्रिय गीत बज्दा भावुक हुने र देशको माटोलाई आफ्नै अस्तित्व ठान्ने एउटा नागरिकको मनबाट लेखिरहेको छु ।

    प्रधानमन्त्रीज्यू,

    तपाईं आज देशको नेतृत्वमा हुनुहुन्छ । तपाईंले बोलेको शब्द केवल शब्द हुँदैन्, त्यो राज्यको अभिव्यक्ति बन्छ । तपाईंको एउटा वाक्य समाचार बन्छ, बहस बन्छ, कहिलेकाहीँ इतिहासको अभिलेखसमेत बन्छ । त्यसैले संसद्मा उभिएर तपाईंले भन्नुभएको ‘हामीले पनि भारतको जमिन मिचेका छौँ’ भन्ने अभिव्यक्तिले धेरै नेपालीको मनमा प्रश्नहरू जन्माएको छ । मनहरू दुखाएको छ । तपाईंले त्यो कुरा कुनै आवेगमा भन्नुभएको पक्कै होइन होला । त्यसका पछाडि तथ्य, सन्दर्भ वा कुनै कूटनीतिक दृष्टिकोण अवश्य रहेको हुन सक्छ । तर सिमाना र राष्ट्रिय भूगोलको विषय सामान्य विषय होइन ।  यो देशको अस्मिता, सार्वभौमसत्ता र भविष्यसँग जोडिएको विषय हो । त्यसैले एउटा नागरिकका रूपमा म चुप लागेर बस्न सकिनँ ।

    सत्य बोल्नु महान् कुरा हो । हामी बुद्धको देशका नागरिक हौँ, सत्यलाई सम्मान गर्छौँ । तर हरेक सत्य बोल्ने समय, स्थान र शैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको संसारमा शब्दहरू केवल उच्चारण हुँदैनन्, तिनको अर्थ खोजिन्छ, अभिलेख राखिन्छ र कहिलेकाहीँ तिनलाई प्रमाणका रूपमा पनि प्रस्तुत गरिन्छ ।  यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई भोलि कसैले आफ्नो स्वार्थअनुसार व्याख्या गयो भने हामीले के जवाफ दिने ? इतिहास यसरी नै बिग्रेको पनि छ । यदि कसैले त्यसलाई नेपालको आधिकारिक स्वीकारोक्ति भनेर प्रयोग गर्न खोज्यो भने हाम्रो राष्ट्रिय अडान कसरी बलियो रहने ? प्रधानमन्त्रीज्यू, आजको संसारमा सन्दर्भ भन्दा शीर्षक छिटो फैलिन्छ । अभिव्यक्तिको गहिराइभन्दा एउटा वाक्यको टुक्रा बढी चर्चित हुन्छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यदि ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको स्वीकार’ भन्ने अर्थ लाग्ने समाचार बनाए भने त्यसले दीर्घकालीन रूपमा कस्तो असर पार्ला ? यो प्रश्नले धेरै नागरिकलाई चिन्तित बनाएको छ ।

    म सत्य लुकाउनुपर्छ भन्ने पक्षमा छैन । तर संसारका हरेक सत्य सार्वजनिक मञ्चमै बोलिनुपर्छ भन्ने पनि छैन । घरका सबै कुरा आँगनमा भनिँदैनन्, त्यसको अर्थ झुट बोल्नु होइन । बरु त्यो जिम्मेवारी र विवेकको अभ्यास हो । कूटनीति सायद यही सन्तुलनको कला हो । म राजनीतिका गहिरा सिद्धान्तहरू बुझ्दिनँ । तर यति अवश्य बुझ्छु—केही कुरा वार्ताको टेबलमा बलिया हुन्छन्, केही कुरा दस्ताबेजमा । तर त्यही कुरा सार्वजनिक मञ्चमा उच्चारण गर्दा कमजोर बन्न सक्छन् । त्यसैले तपाईंको अभिव्यक्तिपछि मनमा एउटा प्रश्न उठेको छ— के यो विषय त्यही मञ्चमा, त्यही शैलीमा राखिनुपर्ने विषय थियो ? सायद म गलत हुन सक्छु । सायद तपाईंले हामीले नदेखेको धेरै टाढाको चित्र देख्नुभएको होला । सायद तपाईंसँग त्यस्ता तथ्यहरू छन्, जुन आम नागरिकसम्म पुगेका छैनन् । तर एउटा कुरा निश्चित छ—जनताले तपाईंमाथि विश्वास गर्छन् । तपाईंले बोलेको कुरालाई धेरैले थप प्रमाण खोज्नुअघि नै सत्य मान्छन् । किनकि उनीहरूलाई विश्वास छ, प्रधानमन्त्रीले सोचेर बोल्छन् । यही कारणले आज तपाईंको अभिव्यक्तिबारे थप स्पष्टता आवश्यक देखिएको छ । यदि तपाईंको भनाइ तथ्यमा आधारित हो भने कृपया ती तथ्यहरू सार्वजनिक गरिदिनुहोस् । कुन स्थान हो ? कति क्षेत्रफल हो ? कुन नक्सा वा दस्ताबेजका आधारमा हो ? कहिलेदेखि हो ? किनभने प्रधानमन्त्रीको अभिव्यक्ति अब सामान्य टिप्पणीको सीमाभित्र रहँदैन । त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बन्छ र बनिसकेको छ । तथ्य सार्वजनिक भए भ्रम हट्छ । जनताले स्पष्टता पाउँछन् । तपाईंको भनाइ अझ विश्वसनीय र बलियो बन्छ । तर यदि तथ्यहरू नआए भने प्रश्नहरू बाँकी रहन्छन् । र, अनुत्तरित प्रश्नहरूलाई इतिहासले कहिलेकाहीँ गलत ढंगले व्याख्या गर्छ । प्रधानमन्त्रीज्यू, यो पत्र तपाईंको विरोधीले लेखेको होइन । यो पत्र तपाईंप्रति आशा राख्ने एउटा नागरिकले लेखेको हो । तपाईं सफल हुनुभएको देख्न चाहने नागरिकले लेखेको हो । देशको सिमाना र राष्ट्रिय स्वाभिमानको कुरा आउँदा हामी दलभन्दा माथि उठ्छौँ, विचारभन्दा माथि उठ्छौँ । त्यहाँ हामी केवल नेपाली हुन्छौँ । त्यहाँ राजनीति बोल्दैन, राष्ट्रिय भावना बोल्छ । त्यसैले आज मैले कुनै समर्थक वा आलोचकको भूमिकाबाट होइन, एउटा चिन्तित नेपालीको मनबाट यो आग्रह गरेको हुँ । यदि संयोगवश यो पत्र तपाईंको नजरसम्म पुग्यो भने यसलाई विरोधको आवाजका रूपमा होइन, देशप्रतिको माया, चिन्ता र जिम्मेवारीबाट जन्मिएको एउटा नागरिकको विनम्र निवेदनका रूपमा बुझिदिनुहोला ।

    हामी तपाईंबाट तथ्यसहितको स्पष्टता चाहन्छौँ । ताकि भोलि हामीले पनि गर्वका साथ भन्न सकौँ—हाम्रा प्रधानमन्त्रीले जे बोले, प्रमाणसहित बोले । किनकि सीमारेखाको प्रश्न राजनीति गर्ने विषय होइन, राष्ट्रको आत्मासँग जोडिएको विषय हो । सीमा बच्यो भने नक्सा बच्छ, नक्सा बच्यो भने राष्ट्रको आत्मसम्मान बच्छ । तपाईंको उही, देशको सिमानामा राजनीति होइन, राष्ट्रिय भावना खोज्ने एक नेपाली नागरिक ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ४.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ५.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ६.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ८.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation