Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • ४ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • ६ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • ६ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • १ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • १ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • १ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • १ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

  • २. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • ३. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ४. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ५. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ६. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ७. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ८. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ९. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • १०. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • २१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

    Advertisement

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले यो जानकारी दिएका हुन् । सांसद बोहोराले बुधबार साँझ बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदैगर्दा खेरी हाम्रा कन्सर्नका विषयहरु केके हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’ तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने उनले खुलाएनन् ।

    परराष्ट्रमन्त्री खनालको सचिवालयले पनि भारत भ्रमणको मिति फिक्स्ड भइनसकेको जनाएको छ, तर मितिबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत् छलफल भइरहेको जनाएको छ । मन्त्री खनालको सचिवालयका एक सदस्यले आज बिहान  भने, ‘भारत कहिले जाने भन्ने निश्चित भइसकेको छैन, आज बेलुकासम्म फिक्स्ड हुन्छ कि ।’ दुई देशका सरोकारका विषयमा चेक लिस्ट बनाएर काम गर्ने जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले बुधबार मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गरेका थिए । मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरुसँग भेटवार्ता भएको थियो । मोदीसँगको भेटमा भएका कुराकानीबारे जानकारी दिँदै बोहोराले नेपाल–भारतबीचका सीमा समस्यासहित समग्र विषयहरुमा छलफल भएको बताए ।

    बोहोराका अनुसार मोदीले छलफलका लागि हाइड्रो, एयरपोर्ट, सीमा लगायतकाको सूची बनाउन आग्रह गर्दै ती विषय आफ्नो पनि प्राथमिकतामा रहेको बताएका थिए । ‘नेपालका हाइड्रो, एयरपोर्ट, सीमाका विषयमा, नेपाल र भारत बीच जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुस्, ल्याउनुस्, त्यसको डेटलाइन बनाऔं, उच्च प्राथमिकतामा छ त्यो काम मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्रीले,’ बोहोराले भनेका छन् । बोहोराका अनुसार प्रधानमन्त्री मोदीले लामिछानेको भ्रमणलाई उच्च प्राथमिकता दिएको र नेपालसँगका हरेक विषयमा काम गर्न तयार रहेको बताएका थिए ।

    ‘उहाँले भन्नुभयो, म नेपाल गएँ पहिलोचोटि प्रधानमन्त्री भएपछि । २० वर्षपछि मैले सदनमा बोलेको थिएँ– एक घण्टाको बाटो छ, तर आते–आते २० वर्ष लग गए भनेको उहाँले सम्झिनुभयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा । भनेको, उच्च प्राथमिकतामा राख्नुभयो रवि लामिछानेको यो भ्रमणलाई,’ बोहोराले भनेका छन्, ‘नेपालसँग हुने हरेक विषयमा हामी काम गर्न तयार छौं । पटक–पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो ।’

    अब परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने ब्युरोक्रेसी र मन्त्रीस्तरमा हुनुपर्ने काम अगाडि बढाउने बोहोराको भनाइ छ ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

    • २.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • ३.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ४.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ५.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ६.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation