Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ३. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

सशस्त्रका असई युवतीसहित झुण्डिएको अवस्थामा भेटिए, एक महिनादेखि थिए बेपत्ता


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • २० जेठ, काभ्रेपलाञ्चोक । एक महिनादेखि हराएका सशस्त्रका असई युवतीसहित झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । एउटै रुखमा सँगै झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ ।

    Advertisement

    मृत भेटिनेहरूमा पर्साको बहुदरमाई–८ रामनगरी घर भएका शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ कि २६ वर्षीया शर्मिला चौधरी छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार, राम सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा दरबन्दी भएका असई हुन् । उनीहरूको शव पाँचखाल नगरपालिका–३ मा रहेको ठुली सामुदायिक वनमा मौवाको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

    सलको पासो लगाई भुण्डिएको अवस्थामा उनीहरूको सडेको शव प्रहरीले फेला पारेको छ । जसकारण घटना केही दिन अघिकै रहेको आशंका गरिएको छ । शव सडेर टाउको झुण्डिएको र शरीरको भाग चुँडिएर जमिनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनीहरू हराएको खबरपछि खोजतलासकै क्रममा बुधबार बिहान साढे १० बजे पाँचखाल–३ मा रहेको ठूली सामुदायिक वनमा मौवाको रुखमा सलको पासो लगाई भुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ‘उनीहरू मौवाको रुखमा छुट्टाछुट्टै पासोमा झुण्डिएको र टाउको बाहेकको भाग सडेर भुईंमा झरेको अवस्थामा भेटिएको छ ।

    वन समितिले सल्लाको खोटो संकलन गर्न वनको अनुगमन गर्ने क्रममा शव देखेपछि हामीलाई खबर गरेका थिए,’ डीएसपी बिष्टले भने । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले अनुसन्धान अनुसार, उनीहरूले लगाएको कपडा तथा साथमा बरामद अन्य कागजात मार्फत परिवार र साथीहरूबाट रुजु गर्दा शक्ति राम र शर्मिला चौधरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवै पक्षका परिवारले खोजतलासको लागि प्रहरीमा समेत निवेदन दिएका थिए ।

    शक्ति राम वैशाख १९ गतेबाट लागू हुनेगरी २ दिन बिदामा गएका थिए । शर्मिला वैशाख १८ गते नै काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जान्छु भनी हिंडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरू सम्पर्कविहीन भएपछि शक्तिरामको परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा खोजतलासको लागि निवेदन दिएका थिए ।

    शर्मिलाको भाई रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुवै शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation