Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २१ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २२ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २२ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • कपडा व्यापारको आवरणमा अवैध वित्तीय धन्दा चलाइरहेका वीरेन्द्रनगरका व्यापारी ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी)बाट झण्डै ३ करोड रकम बराबरको सुन बरामद भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार उनको गोप्य कार्यालयमा छापा हानेको विषयमा जानकारी गराएको छ । जसमा त्यहाँबाट १८५ थान सुन तथा चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए ।

    सुन विभिन्न बट्टा र पोकामा राखिएको थियो । ‘जसको अनुमानित बजार मूल्य करिब ३ करोड नेपाली रुपैयाँ रहेको छ,’ उनले भने । यस्तै, उनको साथबाट २ लाख १९ हजार ५०० नेपाली, र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।साथै, नगद रुपैयाँ गन्ती गर्न प्रयोग गरिने १ मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सोमबार अपराह्न ४ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका—६, तल्लो बजारस्थित शिव ईम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र सुनका गरगहना धितो राखी अवैध रूपमा ब्याजमा नगद दिने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उक्त पसलमा खानतलासी गरेको थियो ।

    उनको यसअघि बालाजी बस्त्रालय थियो । त्यसलाई अहिले शिव ईम्पोरियम बनाएको र प्रहरीले छापा हानेको वीरेन्द्रचोक भन्दामाथिको गोप्य गोदामघरमा हो ।प्रहरी प्रवक्ता बोहराका अनुसार नियन्त्रणमा लिइएका अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रहरीले उनको ठेगाना बाँकेको नेपालगन्ज उपमहानगरपालिका—१० घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्ने भनेको छ । यद्यपि उनी भारतीय मूलका कपडा व्यापारी हुन् ।सुरुमा उनका बुबा नेपाल आएर कपडा व्यवसाय सुरु गरेका थिए । पछि २०६२/०६३ को जनआन्दोलन र माओवादी द्वन्द्वको सङ्क्रमणकालीन समयमा माओवादीहरूसँग मिलेर नेपालगन्जबाट नेपाली नागरिकता लिएको चर्चा छ ।

    उनले ७० को दशकपछि कपडा पसलको आवरणमा अवैध रूपमा सुन धितो राखेर पैसा बाँड्ने र भारतीय रुपैयाँको व्यापार सञ्जाल बनाएको प्रहरी स्रोत बताउँछ ।उनलाई नजिकबाट चिन्ने एक व्यक्तिका अनुसार, उनी खुल्लमखुल्ला देखाएर नै यस्तो काम गर्दै आएका थिए । ‘

    उनले यो अवैध धन्दाको सुरुवात दसैँ तिहारजस्ता चाडपर्वका बेला भारतबाट आउने नेपालीहरूको भारु साटेर सुरु भएको देखिन्छ,’ स्रोत भन्छ, ‘भारु साटेबापत ३—५ प्रतिशतसम्म कमिसन लिने गरेका थिए ।’पछि गाउँका सोझासाझादेखि व्यापारीहरूलाई लक्षित गरी सुन धितो राख्न लगाएर ३ देखि ५ प्रतिशतसम्म मासिक ब्याज असुल्ने गरेका थिए ।

    बैंकले झन्झटिलो प्रक्रिया अपनाउने र सीमित ऋण दिने हुँदा, छिटो पैसा चाहिनेहरूका लागि उनी ‘अघोषित बैंक’ जस्तै बनेका थिए । यदि यो घटनामा निष्पक्ष अनुसन्धान हुने हो भने वीरेन्द्रनगरका अन्य ५–७ जना ठुला घराना भनिएकाहरू समेत मुछिने सम्भावना रहेको स्रोतको दाबी छ ।

    अन्य ठुला भनिएकाले पनि आफ्नो कालो धन लुकाउन र ब्याज कमाउन उनकै माध्यमबाट पैसा परिचालन गर्ने गरेको पनि आशङ्का गरिएको छ ।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation