Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं, जेठ ६ – नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सत्तापक्षको सांसदहरुले निरीह देखिएको बताए ।

    Advertisement

    छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ? भन्दै प्रश्न समेत उनले गरे । उनले भने,‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, ’सरकारले ल्यायो क्यारे, मान्दिने’ जस्तो देखिनुभयो।

    उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ?’ सांसद पुनले पुनले बजेट प्रस्तुत गर्नु १५ दिनअगावै छलफल सकाउनुपर्ने कानुनी व्यवस्था भए पनि समय घर्काएर संसद् बोलाउँदा एक दिनमै छलफल सकाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए।

    ‘एकातिर सरकारको नियत संसद् छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखियो, त्यो हामीले उठायौँ ।’यद्यपि, आगामी दिनमा विगतमा झैँ चैत १५ तिरै अलि समय लिएर छलफल गर्ने र उठेका विषयका आधारमा बजेट बनाउने कुरामा सरकारले प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

    समयको चापका बाबजुद बजेटका सिद्धान्त र प्राथमिकतामाथि भने करिब तीन दिन पर्याप्त छलफल भएको पुनले बताए। तर, बीचमा अन्य विधेयकहरू राख्दा यस विषयले अलि कम समय पाएको उनको भनाइ छ।छलफलका क्रममा सत्तापक्षका सांसदहरूको भूमिकामाथि टिप्पणी गर्दै पुनले भने । सांसद पुनले सरकारको नीति तथा कार्यक्रम र प्राथमिकताहरूमा विरोधाभास देखिएको बताए।

    उनले सरकारलाई आफ्नो गन्तव्य र वैचारिक धरातल स्पष्ट पार्न चुनौती दिए। ‘हामी कम्युनिस्ट होइनौँ भन्नुभएको छ, नवउदारवादी पनि होइनौँ भन्नुभएको छ, हो के त उहाँहरू?’ अर्थमन्त्री अनुभवी भए पनि नयाँ जनमतमा आएकाले स्पष्ट दृष्टिकोण राख्नुपर्ने पुनको सुझाव छ। उनले सार्वजनिक, निजी र सहकारीलाई सँगसँगै हिँडाउने तीनखम्बे अर्थनीति प्रष्ट गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिब÷विपन्नलाई राहत दिने बजेट ल्याउन सुझाव दिए। प्रधानन्यायाधीश नियुक्तिको सिफारिस प्रक्रियामा पनि सत्तापक्षले हतार गरेको पुनले बताए। न्यूज बैंक

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation