Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १९ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २० घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २० घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

कंगोमा इबोला भाइरसबाट ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल


  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • ३ जेठ, काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।

    Advertisement

    कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।

    यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औँ प्रकोप हो।

    चिन्ता किन बढ्यो ?

    विशेषज्ञहरूका अनुसार, यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको छ, जबकि यसअघि कंगोमा धेरैजसो केसहरू ‘जायरे’ स्ट्रेनका हुन्थे। हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाइएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढाएको छ।

    इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाले त्यहाँ त्रासको माहोल रहेको बताएका छन्। स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको छ र कहिलेकाहीँ एकै दिन २-३ वा सोभन्दा बढी मानिसको अन्तिम संस्कार गर्नुपरेको छ।

    मानिसहरूले सुरुमा यो रोग के हो भनेर बुझ्न नै सकेका थिएनन्। यद्यपि, बुनियाका बजार र सार्वजनिक स्थलहरूमा भने सामान्य गतिविधि जारी नै छ।

    छिमेकी देशहरूमा फैलने खतरा

    A map of DR Congo, showing Ituri, Mongwalu and Rwampara and Bulape, along with neighbouring countries Uganda, South Sudan, Tanzania and Angola

    कंगोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको छ। सङ्क्रमित बिरामीको मे १४ मा कम्पालाको एक अस्पतालमा मृत्यु भएको थियो। पछि उनको शवलाई कंगो नै फिर्ता पठाइएको थियो। युगान्डाले हालसम्म कुनै स्थानीय सङ्क्रमण फैलिएको पुष्टि भने गरेको छैन।

    अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको जनाएको छ।

    उता, क्षेत्रीय आवतजावतलाई मध्यनजर गर्दै केन्याले सतर्कता बढाएको छ। सरकारले इबोलाको पूर्वतयारीका लागि छुट्टै टोली बनाएर देशका सबै प्रवेश बिन्दुहरूमा निगरानी कडा पारेको छ।

    इबोलाको विगत

    विश्वभर इबोला भाइरस डिजिजबाट सङ्क्रमित बिरामीहरूमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मृत्यु हुने गरेको छ। यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो। त्यस समय सुडान र तत्कालीन जायरे (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) मा यसका केसहरू देखिएका थिए।

    कंगोमा यो भाइरस फेला परेको क्षेत्र नजिकै बग्ने ‘इबोला नदी’ को नामबाट यसको नामकरण गरिएको हो। यो ज्यानमारा रोग सङ्क्रमित व्यक्तिको रगत, वान्ता र शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्छ।

    इबोलाबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये कंगो पर्छ। सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप थियो, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। पछिल्ला वर्षहरूमा खोप र उपचारको विकासले यसलाई नियन्त्रण गर्न मद्दत गरे पनि फरक-फरक स्ट्रेन (प्रजाति) देखा पर्दा चुनौती थपिने गरेको छ।

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation