Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • ८. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

  • १०. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • प्रतिनिधिसभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ।

    Advertisement

    निर्वाचन तालिका अनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुदैछ। दलहरुले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन्।

    निर्वाचन आयोगका अनुसारसम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ।

    प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

    त्यसैगरी, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्।

    यस्तै निर्वाचन आयोगले गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ। २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो।

    यसैबिच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ।

    आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको  छ।

    यस्तै दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ।

    अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ।

    त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन्।

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation