Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ५ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

  •   सोमबार, माघ १३, २०८२ मा प्रकाशित
  • चितवन, माघ १२ – चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ ।

    Advertisement

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ ।

    उहाँले भन्नुभयो “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उहाँका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् । दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो ।

    ती क्यामेरा निकाल्न थालिएको हो । सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ ।

    दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उहाँले जानकारी दिनुभयो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो ।

    सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए । रासस

    सोमबार, माघ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation