Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही पौष ११ गतेबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ ।

    Advertisement

    तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि को सहआयोजक रहेको सो महोत्सवको आन्तरिक तथा खेलमैदान व्यवस्थापन र  स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको सङ्घका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए ।

    महोत्सवका लागि बाघमारा चौर व्यवस्थापन र स्टल निर्माणको काम तीब्र गतिमा चलिरहेका बेला हात्तीहरू भने पेनाल्टी सुटआउटको अभ्यास गरिरहेका छन् । हात्तीले अभ्यासमा गरिरहेको दृश्य हेर्न सौराहा आएका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हात्ती महोत्सव सुरु नहुँदै सौराहामा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए । होटलहरूमा धमाधम बुकिङ आउन सुरु भइसकेको छ उनले भने महोत्सवकै अवसरमा सौराहामा पर्यटकका लागि १० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।

    महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले उद्‌घाटन गर्नेछन् । महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको पुजा गर्ने कार्यक्रम तय गरिएको सङ्घका महासचिव महेश खनालले जानकारी दिए । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी हुने छन् । महोत्सव अन्तर्गत पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करिब ७० वटा हात्तीहरू द्वारा शोभा यात्रा निकालिने छ । साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवर्द्धनको लागि अतिथि पाहुनाहरूलाई हात्ती सफारी/जीप सफारी/डुङ्गा सफारी गराउने कार्यक्रम तय गरिएको छ ।

    सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको सङ्घका अध्यक्ष पाण्डेले बताए । सौराहामा १५० होटल र ९० बढी रेष्टुरेन्टहरू रहेका छन् । सफारी पर्यटनका हिसाबले सौराहा विदेशी पर्यटकको गन्तव्य स्थल हो । तर पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमनमा कमी आएको छ । देशको बिग्रदो परिस्थितिका कारण सौराहाका कतिपय होटल खाली हुने गरेका छन महासचिव खनालले भने पर्यटकीय गतिविधि गर्दा पर्यटक आगमनमा वृद्धि हुने गरेको छ । चितवनमा वार्षिक तीन लाख हजार पर्यटक आउने गरेका छन् । चितवन आउने मध्ये ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारीमा रमाउने गरेका छन् ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation