Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • २ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • ३ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ६ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ४. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ७. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ८. राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

  • ९. भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

  • १०. सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही पौष ११ गतेबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ ।

    Advertisement

    तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि को सहआयोजक रहेको सो महोत्सवको आन्तरिक तथा खेलमैदान व्यवस्थापन र  स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको सङ्घका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए ।

    महोत्सवका लागि बाघमारा चौर व्यवस्थापन र स्टल निर्माणको काम तीब्र गतिमा चलिरहेका बेला हात्तीहरू भने पेनाल्टी सुटआउटको अभ्यास गरिरहेका छन् । हात्तीले अभ्यासमा गरिरहेको दृश्य हेर्न सौराहा आएका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हात्ती महोत्सव सुरु नहुँदै सौराहामा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए । होटलहरूमा धमाधम बुकिङ आउन सुरु भइसकेको छ उनले भने महोत्सवकै अवसरमा सौराहामा पर्यटकका लागि १० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।

    महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले उद्‌घाटन गर्नेछन् । महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती बनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्या बारे जानकारी तथा हात्तीको पुजा गर्ने कार्यक्रम तय गरिएको सङ्घका महासचिव महेश खनालले जानकारी दिए । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी हुने छन् । महोत्सव अन्तर्गत पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करिब ७० वटा हात्तीहरू द्वारा शोभा यात्रा निकालिने छ । साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवर्द्धनको लागि अतिथि पाहुनाहरूलाई हात्ती सफारी/जीप सफारी/डुङ्गा सफारी गराउने कार्यक्रम तय गरिएको छ ।

    सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको सङ्घका अध्यक्ष पाण्डेले बताए । सौराहामा १५० होटल र ९० बढी रेष्टुरेन्टहरू रहेका छन् । सफारी पर्यटनका हिसाबले सौराहा विदेशी पर्यटकको गन्तव्य स्थल हो । तर पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमनमा कमी आएको छ । देशको बिग्रदो परिस्थितिका कारण सौराहाका कतिपय होटल खाली हुने गरेका छन महासचिव खनालले भने पर्यटकीय गतिविधि गर्दा पर्यटक आगमनमा वृद्धि हुने गरेको छ । चितवनमा वार्षिक तीन लाख हजार पर्यटक आउने गरेका छन् । चितवन आउने मध्ये ९० प्रतिशत पर्यटक सौराहा पुगेर सफारीमा रमाउने गरेका छन् ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
    भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ४.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation