Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ५ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

कुखुरामा ‘एनेमिया भाइरस

  •   बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ। कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो।

    Advertisement

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो। जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो। अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उनले बताए। चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो।

    यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ। जसले गर्दा अन्य रोगहरूले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए। उनले भने, ‘प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ।’

    यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन्। उनले भने, ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन।’ कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए।

    चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उनले बताए। अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरूलाई यसबाट सचेत रहन उनले आग्रह गरे।

    यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ।

    बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation