Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • १५ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • १७ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • १७ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • १७ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • २ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • २ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ५ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ५ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै


  •   मङ्गलबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • काठमाडौं,मंसिर १६ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ः४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्। साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ। दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ । यी दुई टिमसमेत तालिकामा संघर्ष गरिराखेका छन् । १९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो स्थानमा छ। चितवन र लुम्बिनीको समान चार अंक छ। लुम्बिनीले पाँच खेल खेलिसकेको छ भने चितवनले चार खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ। कर्णाली र पोखराको दुईदुई अंक छ। तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकबिहीन छ। एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

    Advertisement

    मङ्गलबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation