द आर्ट अफ लिभिङ चितवनले “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” आयोजना गर्दै द आर्ट अफ लिभिङ चितवनले यहि फल्गुन २५ गते परेको शिवरात्रीको अवसरमा “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” गर्ने भएको छ ।
द आर्ट अफ लिभिङ चितवनका संयोजक भोज बहादुर खड्काको अध्यक्षतामा भरतपुर हुलाक चोक स्थित आफ्नै सेन्टरमा बसेको बैठकले “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” आयोजना गर्ने निर्णय गरेको हो । द आर्ट अफ लिभिङ चितवनले शिवरात्रीका अवसरमा आयोजना गर्न लागेको यो दोश्रो कार्यक्रम हो । केन्द्र लगायत देशभरका सेन्टरको सहभागितामा कल्चरल शो सहित २०७६ सालको शिवरात्रीमा पहिलो कार्यक्रम गरेको थियो । हिन्दुधर्मालम्बीहरुको महान चाडहरु मध्यको एक महाशिवरात्री हाम्रो संस्कृति भएकोले संस्कृति जगेर्नाका लागि उक्त कार्यक्रम आयोजना गरिएको द आर्ट अफ लिभिङ चितवनका संयोजक भोजबहादुर खड्काले बताए । कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि पुजा व्यवस्थापन समिती, सत्संङ समिती, प्रसाद व्यवस्थापन समिती, प्राविधिक समिती, स्टेज व्यवस्थापन समिती, आर्थिक व्यवस्थापन समिति एवं प्रचार प्रसार लगायतका विभिन्न समिती गठन गरि कार्य बिभाजन गरिएको डिसिसी सदस्य एवं प्रशिक्षक सुनिता पियाले जानकारी दिईन । बिठकमा डिसिसी मेम्बर, प्रशिक्षक एवं भोलिन्टियरहरुको समेत उपस्थिति रहेको थियो ।