Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १४ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १४ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १५ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ९. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

गुल्मीमा बाँझो जमिनमा कागती बगैंचा

  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
  • ३० असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठले १५ वर्षदेखि बाँझिएको जमिनमा कागती खेती गरेका छन् ।

    Advertisement

    श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा ८०० कागतीका बिरुवा रोपेका छन् । अघिल्लो वर्ष थोरै मात्रामा फल दिन थालेका कागतीका बिरुवाहरू यस वर्ष लटरम्म फलेको श्रेष्ठ बताए ।

    उनको पुष्पाञ्जली एग्रो फर्ममार्फत गरिएको यो कृषि प्रयासले स्थानीयस्तरमा बाँझिएको जमिन प्रयोग गर्ने प्रेरणा मिलेको छ । श्रेष्ठ भन्छन्, ‘पहिला त यो जमिन जंगलजस्तै थियो, झारपातले ढाकिएको तर, म आफैंले केही गर्नुपर्छ भन्ने सोचले कागती खेती सुरु गरेँ, अहिले हेर्दा म सन्तुष्ट छु ।

    ’ गुल्मीमा उत्पादनयोग्य जमिन बाँझिने बढ्दो क्रममा छ । श्रमशक्ति विदेशिने, आधुनिक कृषि प्रविधिको अभाव र बजारको पहुँच नहुनुजस्ता कारणले गाउँका थुप्रै जमिन वर्षौंदेखि उपयोगविहीन छन् । यस्तै अवस्थामा रहेको बलिथुमको जमिनमा श्रेष्ठले कागतीको बिरुवा रोपेर हरियाली बनाएका हुन् ।

    श्रेष्ठका अनुसार कागती खेतीको सुरुवातमा थुप्रै चुनौती थिए । माटोको परीक्षण, सिँचाइ व्यवस्थापन, रोग नियन्त्रण, जनशक्ति व्यवस्थापन जस्ता धेरै समस्या थिए । तर, मिहिनेत र लगनशीलता गर्दा सबै समस्या क्रमश: समाधान हुँदै गयो । अहिले उनी आफ्नै फार्ममा स्थानीय जनशक्ति प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् ।

    श्रेष्ठको यो पहलले गाउँका अन्य युवालाई पनि प्रेरणा दिएको छ । पुष्पाञ्जली एग्रो फर्ममार्फत उनले अहिले केही स्थानीयलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । कागतीको व्यवस्थापन, टिपाइ, प्याकिङ र बजार व्यवस्थापनमा स्थानीय जनशक्तिको सक्रिय सहभागिता रहेको छ । श्रेष्ठले उत्पादन बढेसँगै बजार विस्तारमा भने चुनौती देखिएको छ ।

    हाल उनी तम्घास बजारमा कागती बिक्री गर्दै आएका छन् । यसवर्ष ५ बोटले करिब १० क्विन्टल कागती उत्पादन हुँने श्रेष्ठले बताए । तर, बिक्री कहाँ गर्ने भन्ने चिन्ता उनमा छ । सानो परिमाणमा तम्घास बजारमा बिक्री भएपनि ठूलो परिमाणमा बिक्री गर्न समस्या रहेको श्रेष्ठको भनाइ छ ।

    रुपलाल श्रेष्ठको कागती खेतीको यो कथा एक उदाहरणीय सफलता हो । जसले बाँझिएको जमिन प्रयोग गरेर आत्मनिर्भरता, रोजगारी सिर्जना, र ग्रामीण समृद्धिको दिशामा पाइला चाल्न सकिने सम्भावनालाई उजागर गरेको छ ।

    बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation