Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ८ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ८ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ४. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ५. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ६. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

मन्त्रालयमै शिक्षामन्त्रीको बास


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    • सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक राख्न, विश्वविद्यालयलाई ९० दिनभित्र नतिजा प्रकाशन गर्न र त्रिभुवन विश्वविद्यालयको झाडी फाँडेर फुटपाथसहित बगैंचा बनाउन निर्देशन /
    • काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीलाई मंगलबार ओढ्ने–ओछ्याउने कपडादेखि भाँडाकुँडा जोहो गर्न भ्याइनभ्याइ थियो । नवनियुक्त मन्त्री महावीर पुनले २४ सै घण्टा मन्त्रालयमै बस्ने बताएपछि उनका लागि ओछ्यान र खानपानका लागि सामग्री जुटाउन केही कर्मचारी व्यस्त देखिन्थे ।
    • बस्ने–खाने जोरजाम भएपछि मंगलबारदेखि मन्त्री पुन केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्न थालेका छन् । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्ष सँगैको कोठामा खाने–बस्ने प्रबन्ध गरिएको बताए । ‘कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ ।
    • मन्त्रीज्यू त्यहीं बस्न थाल्नुभएको छ,’ उनले भने । २४ भदौको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा ठमेलस्थित केशरमहलमा सारिएको छ । केशर पुस्तकालय सँगैको उक्त भवनको पहिलो तलामा शिक्षामन्त्रीको कार्यकक्ष स्थापना गरिएको छ ।
    • कार्यकक्षमा जोडिएकै कोठामा मन्त्रीको आवास व्यवस्था गरिएको हो । मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्ना लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए ।
    • २४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए । ‘म जता गए पनि जहाँ काम गर्छु त्यहीं बास बस्ने बानी छ ।  राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा पनि त्यहीं बस्थें । काम परे कीर्तिपुरबाट २ महिनामा मात्रै काठमाडौं निस्कन्थें । म वीरगन्ज गए पनि जहाँ काम गर्‍यो त्यहीं बस्ने हो,’ उनले भने, ‘मलाई एउटा सुत्ने खाट चाहियो । टेबल–कुर्सी चाहियो । किचन चाहियो । म आफैं पकाएर खान्छु ।’ मन्त्री नियुक्तिसँगै आविष्कार केन्द्रबाट अलग भएको उनले जनाए ।
    • सोमबार राति भने उनी बास बस्न कीर्तिपुर नै पुगेका थिए । मन्त्री पुनले मन्त्रालयभित्रै सुरक्षाकर्मीलाई पनि सँगै बस्ने प्रस्ताव गरेका छन् । मन्त्रालयको काममा मात्रै सरकारी गाडीको सुविधा लिने उनको भनाइ छ । ‘माथि रिपोर्ट गर्नु मन्त्रालयबाट बाहिर निस्केको बेला मेरो पछिपछि आउन पर्दैन,’ साथमा खटिएका सुरक्षाकर्मीलाई उनले भनेका थिए । मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए । ‘कोठाहरू खाली गर्दै मन्त्रीज्यूको टिमलाई बस्ने ठाउँ बनाएका छौं,’ उनले भने, ‘१/२ दिनमा व्यवस्थित हुन्छ ।’ उनले खाना आफैं पकाउने भने पनि सहयोगका लागि एक जना कार्यालय सहयोगी खटाइएको मन्त्रालयले जनाएको छ ।
    • मंगलबार दिनभर मन्त्री पुन मन्त्रालयकै काममा व्यस्त थिए । कर्मचारीहरूसँग ब्रिफिङ र आगन्तुकहरूसँग भेटघाट गरेर बसेका थिए । त्यस क्रममा उठेका विषयलाई समेटेर उनले तीनबुँदे निर्देशनसमेत जारी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको निर्देशनमा मन्त्री पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने प्रस्ताव गरेका छन् ।
    • सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने उनले बताए ।
    • अर्थ मन्त्रालयबाट स्वीकृत लिएर मात्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक दरबन्दी थप गर्न सक्छ । २० वर्षदेखि सामुदायिक विद्यालयमा दरबन्दी थप भएको छैन । विद्यालय शिक्षा विधेयकले राहत, अस्थायीलगायत ४० हजार शिक्षकलाई स्वतः दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो । तर सरकार परिवर्तन र संसद् विघटनका कारण विधेयक निष्क्रिय बनेको छ । परीक्षाको नतिजा ३ महिनाभित्र सार्वजनिक गर्न पनि मन्त्री पुनले शिक्षण संस्थालाई निर्देशन दिएका छन् ।
    • ‘केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूका लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएको छु,’ सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै सार्वजनिक गर्दै आएको बताएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पुनले कीर्तिपुरको हाताभित्रको झाडी फाँडेर बगैंचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउनसमेत निर्देशन दिएका छन् । ठूला रुख भने काट्न नमिल्ने उनको निर्देशनमा उल्लेख छ ।

    Advertisement

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ४.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ५.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    • ६.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation