राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदीय समितिहरूलाई काम निरन्तर अघि बढाउन निर्देशन दिएका छन् ।
Advertisement
बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा चार वटा विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी उनले यस्तो निर्देशन दिएका हुन् । बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।