Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

राजनीति उज्यालो नेपाल अभियान चलाउँदै थिए, ऊर्जाको जिम्मेवारी पाए

  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनु अघिसम्म देशमा दैनिक १८ घण्टासम्म बत्ती जान्थ्यो । त्यतिबेला प्राधिकरण अर्बौंको घाटामा थियो। उनले ०७३ को दसैं-तिहारमा उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसकारण पनि आम नागरिकले घिसिङलाई लोडसेडिङमुक्त बनाएको श्रेय दिँदै आएका छन् । भाद्र ३०, २०८२ सीमा तामाङ उज्यालो नेपाल अभियान चलाउँदै थिए, ऊर्जाको जिम्मेवारी पाए काठमाडौं — ‘तपाईंले अब देशको ऊर्जा क्षेत्रलाई नेतृत्व गर्नुपर्छ । ऊर्जाबाटै हाम्रो मुलुकको विकास हुन्छ,’ गत जुनमा बहराइनमा पुगेका कुलमान घिसिङसमक्ष धरानका असिम मोक्तानले भन्दै थिए,‘तपाईंप्रति हाम्रो ठूलो आशा, विश्वास र भारोसा छ ।’ उज्यालो नेपाल अभियानको सुरु गर्न बहराइन पुगेका घिसिङप्रति बहराइनमा मात्रै होइन, यूएई, ओमान, कतार कार्यरत नेपालीले पनि उस्तै आशा र भरोसा राखेका थिए । उनले जति नेपालीले भेटेका थिए, सबैको चाहना ऊर्जा क्षेत्रमा नै थप सुधार गर्न सुझाव दिएका थिए । खाडीपछि उनी अमेरिकादेखि युरोपसम्मको यात्रामा पनि उनले खाडीकै सरह समर्थन र हौसला पाए । २०८४ को प्रतिनिधिसभाका चुनावका लागि नयाँ राजनैतिक दल स्थापना गर्न उनीमाथि दबाब बढाइरहेका बेला एक्कासि तीन वटा मन्त्रालयको जिम्मेवारी लिनुपर्ने अवस्थामा पुगेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई तत्कालीन सरकारले आफ्नो पूरा कार्यकालसम्म पनि काम गर्न नदिइएको थिएन । उनको गत साउन २४ मा कार्यकाल सकिँदै थियो । तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सिफारिसमा बर्खास्त गरेका थिए । जलविद्युत् आयोजनाका प्रवर्द्धकसमेत रहेका ऊर्जामन्त्री खड्का र घिसिङबीच बढ्दो विवादबीच २०८१ चैत ११ मा घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाइएको थियो । ऊर्जामन्त्री खड्काले ९ महिनामा घिसिङलाई चार पटक मन्त्रीस्तरीय र एक पटक मन्त्रिपरिषद्को निर्णयका आधारमा स्पष्टीकरण सोधेका थिए । घिसिङलाई उनको कार्यसम्पादन, आन्तरिक तथा बाह्य भ्रमणको स्वीकृति, भारतमा विद्युत् आदानप्रदानको सहमतिलगायतका विषयमा सरकारले स्पष्टीकरण सोधेको थियो ।

    Advertisement

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation