माडीमा “खबरदारी अभियान” सुरु : माडीका सामाजिक अगुवा र युवाहरूले “खबरदारी अभियान माडी” सुरु गरेका छन् । भ्रष्टाचार, विथिती र अन्यायविरुद्ध आवाज उठाउने र विकास निर्माणमा निगरानी गर्ने उद्देश्यसहित यो अभियान थालिएको हो ।
Advertisement
अभियानका अभियन्ता देवराज बरालका अनुसार माडी-८ जिवनपुरदेखि माडी ९ बगहीसम्मको हुलाकी सडकखण्डमा ढिलाइ भएकाले निर्माण पक्षलाई तत्काल काम सुचारु गर्न अनुरोध गर्दै स्थलगत निगरानी गरिएको छ ।
कार्यक्रममा माडी ८ का वडाध्यक्ष विरेन्द्र बहादुर भण्डारी, अभियन्ता देवराज बराल, चिरञ्जीवी काफ्ले, ओम भण्डारी, मोहन पोख्रेल, सुर्यमान शाह, प्रेम पौडेल उज्ज्वल, शंकर गिरी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।