सञ्चारिका समूह चितवनले बधाई विदाई तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
वैशाख ३१ गते नेपाल पत्रकार महासङ्घ चितवन शाखाको भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरूमा महिला पत्रकारहरु प्रेस सेन्टर नेपालको महिला उपाध्यक्ष शान्ता अधिकारी ,प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य (बागमती प्रदेश इन्चार्ज) प्रतिमा सिलवाल , प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य अजिता अधिकारी, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य संगिता आचार्य , सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सविता श्रेष्ठ , WWJ की अध्यक्ष सरिता पौडेल , सञ्चारिका समूह चितवनकी पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय नारी सञ्जाल नेपालको अध्यक्ष पुनम गौतम , संञ्चारिका समूह बागमती प्रदेशकि रविना पौडेल सम्मानित भएका छन् ।
कार्यक्रममा पत्रकार महासङ्घ चितवनको अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथि रहनुभएको थियो भने पत्रकार महासङ्घको महिला उपाध्यक्ष शान्ता अधिकारी ,पत्रकार महासंघकै उपाध्यक्ष दिपेन्द्र अधिकारी, चितवनको पहिलो महिला पत्रकार शारदा पौडेल विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा सक्रिय महिला पत्रकारहरूको उपस्थिति रहेको थियो। सञ्चारिका समूह चितवनको अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समूहकी सचिव शिला पाठकले सञ्चालन गर्नुभएको थियो।