चितवनमा पूर्व पश्चिम भएर जाने प्रस्तावित रेलमार्गको विरोधमा स्थानिय उत्रिएका छन् । भरतपुर महानगरका वडा नंम्बर ८, ७, ५ र ४ का स्थायिनवासीहरुको बस्ती नै धरापमा पार्ने गरि रेलमार्ग बनाउन लागिएको यसको विकल्प खोज्न सरकारलाई माग राखेका छन् ।
उनीरुहले संयुक्त रुपमा आज विरोध कार्यक्रम गर्दै घना बस्तीको बीचमा रेलमार्ग नबनाउन आग्रह पनि गरेका छन् ।
भरतपुरका स्थानीयले मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिजाइन अन्तिम चरणमा पुगेका बेला भने असन्तुष्टि जाहेर गर्दै विराधमा नै उत्रिएका छन् । जसका लागि उनीहरुले प्रस्तावित रेलमार्ग संघर्ष समिति नै बनाएका छन् ।
Advertisement