Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १६ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १७ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १७ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

प्रधानमन्त्री कार्यालयको नयाँ संगठन संरचना गायब


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • ६८ जना कर्मचारीको दरबन्दी कटौतीको निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय उदाशीन देखिएको छ । १२ पुसमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुरुप कटौती भएको दरबन्दीअनुसार कर्मचारीहरु विदाइ गर्न कार्यालयले प्रक्रिया कुनै सुरु गरेको छैन ।

    Advertisement

     

    मन्त्रिपरिषद्‍ले स्वीकृत गरिसकेको संगठन संचना नै अहिलेसम्म सार्वजनिक भएको छैन । मन्त्रालयका कनिष्ठ कर्मचारीहरुले समेत नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुरुपको संरचनाको खाका देख्न पाएका छैनन् । कर्मचारीहरुले संगठन संरचना गायब भएको भन्दै चलखेल सुरु भएको आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा प्रशासन महाशाखा प्रमुख नारायाणदत्त भट्ट अहिलेसम्म निर्णय प्रमाणीकरण भएर नआएको बताउँछन् । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यो निर्णय प्रमाणीकरण गरेपछि मात्रै नयाँ संगठन संरचनाअनुसार कर्मचारीको व्यवस्थापन सुरु हुनेछ । ‘निर्णय प्रमाणीकरण भयो होला, तर तयारी पूरा भएको छैन,’ प्रवक्ता तथा सहसचिव भट्टले भने,‘३–४ दिनमा केही खाका देखिन्छ होला ।’ अब प्रधानमन्त्री कार्यालयका महाशाखा र शाखाहरुको पुनर्संरचना गर्नुपर्नेछ । प्रवक्ता भट्टका अनुसार विदा हुने कतिपय कर्मचारीको सरुवा मन्त्रिपरिषद् बैठकले र कतिपयको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ । ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार प्लेसमेन्टको काम तयारीकै क्रममा छ,’ उनले भने । प्रधानमन्त्री कार्यालयको पुरानो संगठन संरचना सहसचिवहरुको दौडधुप प्रधानमन्त्री कार्यालयभित्र भने अन्योलको वातावरण छ । स्रोतका अनुसार केही वरिष्ठतम् सहसचिवहरुले मन्त्रिपरिषद्‍को निर्णयअनुसार सचिव र सहसचिव दरबन्दी कटौती नगर्न दबाब बढाएका छन् । उनीहरूमा यसरी दरबन्दी काटिएमा भविष्यमा वृत्ति विकासमा असर पर्ने डर छ ।

     

    प्रधानमन्त्री कार्यालयबाट ६८ जना एकैपटक बाहिरिने भएकाले कतिपय कनिष्ठ कर्मचारीले पनि आफू जोगिनका लागि दौडधुप थालिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अब ३ जना मात्रै सचिव रहने भएकोले यो निर्णयको प्रभाव विशिष्ट श्रेणीका कर्मचारीहरुसम्म नै पर्दैछ । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे ) अनुसार अब प्रसासनतर्फका २ जना र कानुन न्यायतर्फका १ जना सचिव मात्रै मुख्यसचिवको मातहतमा प्रधानमन्त्री कार्यालयमा रहनेछन् । हाल एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, मणिराम गेलाल, गणेशप्रसाद पाण्डे र खगेन्द्रप्रसाद नेपाल प्रशासन तथा इन्जिनियरिङतर्फका सचिव छन् । कानुनतर्फ लिलादेवी गड्तौला सचिव छिन् । यसअनुसार कानुनतर्फकी सचिव गड्तौला र विशेष दरबन्दीका सचिव नेपाल कार्यालयमा रहने निश्चित छ । १४ पुस २०७८ को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा सिर्जना भएका एक प्रशासनतर्फका विशेष सचिवका पद अवकाशपछि स्वतः खारेज हुने निर्णय पनि भएको छ । तर, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, मणिराम गेलाल, गणेशप्रसाद पाण्डेमध्ये २ जना सचिवहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगो लागेको छैन ।

     

    नयाँ संगठन संरचना अनुसार प्रधानमन्त्री कार्यालयमा यसअघि १२ जना सहसचिवको दरबन्दी रहेकामा १० जना मात्रै कायम गर्नुपर्नेछ । तर, सचिव र सहसचिवको दरबन्दी घटाउने निर्णयमा कतिपय वरिष्ठतम् सहसचिव तथा उपसिचवहरुको असन्तुष्टि रहेकाले मन्त्रिपरिषद्‍को निर्णय तत्कालै कार्यान्वयन हुन नसक्ने अवस्था आइसकेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । यदि हालको निर्णय अनुसार नै भएमा ७ जना प्रशासन, २ जना कानुन/न्याय तथा १ जना विविध सेवाबाट सहसचिवको दरबन्दी कायम भएकाले प्रशासनतर्फका को–को २ जना सहसचिव बाहिरन्छिन् भन्ने अन्योल छ । यसअघि ३० जना उपसचिवको दरबन्दी रहेकामा अब २६ जना मात्रै प्रधानमन्त्री कार्यालयमा अटाउनेछन् भने विदा हुनुपर्ने सुचीमा शाखा अधिकृतहरु पनि छन् ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation