• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

वैदेशिक रोजगारीमा हुने ठगीबाट बच्न के गर्ने, के नगर्ने ?


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • काठमाडौंं । नेपालबाट बर्सेनि ७ लाख जना वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । तर, वैदेशिक रोजगारमा जानुअघि आवश्यक पर्ने सूचना, कानुनी प्रक्रिया थाहा नपाउँदा नेपाली श्रमिकहरु मारमा परिरहेका हुन्छन् । वैदेशिक रोजगार विभाग र प्रहरीमा आएको उजुरी केलाउँदा वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा पर्नेको संख्या ठूलो छ । वैदेशिक रोजगार विभागका अनुसार वार्षिक ७ हजार ठगीका मात्रै उजुरी पर्ने गरेका छन् । जसमा अधिकांश श्रमिकहरु एजेन्ट, म्यानपावर कम्पनी र व्यक्तिबाट ठगीको शिकार बन्न पुगेको देखिएको विभागको भनाइ छ । वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने ? वैदेशिक रोजगारीमा जादा नेपाली श्रमिकहरूले पहिलो म्यानपावर कम्पनी छनोट गर्न विशेष ध्यान दिनपर्छ । सरकारले स्वीकृति दिएका म्यानपावर कम्पनीहरूबाट मात्र वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउनुपर्छ । वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट मा सूचीकृत म्यानपावर कम्पनीहरूको सूची प्रकाशित गरिएको हुन्छ । जहाँ म्यानपावर कम्पनीहरुले वार्षिक र मासिक रुपमा श्रमिकहरु पठाएको विवरणहरु राखिएको हुन्छ । सोही आधारमा वर्षमा सबैभन्दा धेरै श्रमिकहरु पठाउन सफल म्यानपावर कम्पनीहरु छनोट गर्नु उपयुक्त हुन्छ । त्यसपछि श्रमिकले विदेश जाने बेला म्यानपावर कम्पनीले दिएको रोजगार सम्झौता पत्रमा पनि ख्याल गर्नुपर्छ । सम्झौता पत्रमा स्पष्ट रूपमा पारिश्रमिक, भिसा अवधि, काम गर्ने समय, सेवा सुविधा, आवास र खाना व्यवस्थाको बारेमा स्पष्ट उल्लेख गरिएको हुनु पर्दछ । कतिपय अवस्थामा श्रमिकहरुलाई म्यानपावर कम्पनी वा एजेन्टहरुले यस्ता शर्तबारे जानकारी नदिने र विदेश पुगेपछि मात्र थाहा पाउने हुन पुग्छ । यस्ता समस्याबाट जोगिन विदेश जानु पूर्व नै सम्झौता पत्रमा उल्लेखित बुँदा र सेवा सुविधाहरु राम्रोसँग हेर्नपर्दछ । सबै शर्तहरू बुझेर मात्र सम्झौता गर्नुपर्दछ । त्यसमा पनि वैदेशिक रोजगारीमा हुने सबैभन्दा ठूलो ठगी एजेन्ट, म्यानपावर कम्पनी र व्यक्तिगत रुपमा हुने गर्दछ । व्यक्तिगत रुपमा हुने ठगी सबैभन्दा ठूलो ठगी हो । धेरैजसो नेपाली श्रमिकहरू दलालहरूको छिट्टै प्रलोभनमा पर्ने गर्दछन् । एजेन्ट वा दलालहरु सजिलो काम, उच्च तलब, चाँडो काम पाइने जस्ता झूठा प्रलोभन श्रमिकहरूलाई देखाउँछन् । वैदेशिक रोजगार विभाग र प्रहरीमा आएका ठगीका घटनाहरु केलाउँदा अहिले धेरैजसो घटनाहरु व्यक्तिगत ठगीबाट भइरहेको छ । सामाजिक सञ्जालमा विभिन्न विज्ञापन राखेर प्रलोलन देखाउने र विदेश पठाइदिने भनेर रकम असुलिरहेको देखिन्छ । त्यसमा पनि युरोपका मुलुकहरु, क्यानडा, अस्ट्रेलिया, जापान, अमेरिका लगायतका देशहरु पठाउने भन्दै व्यक्तिगत रुपमा लाखौं रकम ठगी गरेको पाइन्छ । विभागमा परेका उजुरीहरु हेर्दा प्रतिव्यक्ति १ लाखदेखि ७०, ८० लाखसम्म ठगिएको देखिन्छ । त्यसैले कुनै पनि व्यक्तिको प्रलोभनमा परेर वैदेशिक रोजगारीमा जाने तयारी गर्नु हँुदैन । वैदेशिक रोजगारीमा जादा सिधा म्यानपावर कम्पनीमार्फत नै जानुपर्दछ । माथि भनिएझैं वैदेशिक रोजगारीमा जादा वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत नै जानु पर्दछ । पूर्वअभिमुखीकरण तालिम अनिवार्य सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि विदेश जानुअघि श्रमिकलाई अभिमुखीकरण तालिम लिन अनिवार्य गरेको छ । उक्त तालिममा श्रमिकहरूलाई सम्बन्धित देशको आधारभूत भाषा, नियम कानुन, त्यहाँ हुन सक्ने सम्भावित ठगी, कानुनी प्रक्रिया, श्रमिकका अधिकार, कार्य स्थलमा काम गर्दा अपाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी दिइन्छ । धेरैजसो विदेशमा हुने ठगी, कानुनी झमेला, दुर्घटना, मृत्युजस्ता कारणहरु आफ्नो माथि उल्लेखित विषयहरु थाहा नपाउँदा हुने गर्दछ । यस तालिमले श्रमिकलाई विदेशमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरुदेखि हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ । यस्तो तालिम वैदेशिक रोजगार विभागले मान्यता दिएको तालिम केन्द्रबाट मात्र लिनुपर्ने व्यवस्था छ । ती तालिम केन्द्रहरुबाट तादिम लिइसकेपछि प्रमाणपत्र प्राप्त गर्नुपर्छ । तर कतिपय तालिम केन्द्रहरुले आवश्यक अभ्यास नै नगराई प्रमाणपत्र दिने गर्दछन् । त्यसैले राम्रोसँग पूर्व अभिमुखीकरण तालिम लिएरमात्र वैदेशिक रोजगारीको यात्रा तय गर्नुपर्दछ । श्रम स्वीकृति अनिवार्य वैदेशिक रोजगारीमा जाने कामदारहरूको लागि सरकारले वैदेशिक रोजगार बीमा अनिवार्य गरेको छ । वैदेशिक रोजगारीमा जानु अघि श्रमिकहरूले बीमा गर्नुपर्छ, यसले भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या, वा मृत्यु, घाइते जस्ता अवस्थामा आर्थिक सहयोय गर्दछ । बिमा गरेर वैदेशिक रोजगारीमा गएपछि पनि कुनै आकस्मिक अवस्थामा आर्थिक सुरक्षाको प्रत्याभूति हुन्छ । अर्काे महत्वपूर्ण कुरा के हो भने, वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिएरमात्र जानुपर्दछ । सरकारले पनि श्रम स्वीकृति लिएर विदेश जान अनिवार्य गरेको छ । यो श्रम स्विकृति वैदेशिक रोजगार विभागबाट लिनुपर्दछ । अनलाइन फारम भरेर वा वैदेशिक रोजगार विभागको कार्यालय पुगेर श्रम स्विकृति लिन सकिन्छ । श्रम स्वीकृति लिएर विदेश जानुलाई सुरक्षित मानिन्छ । श्रम स्विकृति लिएर गएमा विदेशमा हुने ठगी, दुर्घटना र समस्यामा पर्दा श्रमिकहरुले कानुनी संरक्षण र राज्यबाट राहत तथा क्षतिपूर्ति समेत पाउँछन् । तर श्रम स्वीकृति नलिई विदेश जाने कामदारहरू ठगीमा पर्ने जोखिम हुन्छ भने सम्बन्धित देशको कानुनी झमेलामा पर्ने सम्भावना बढी हुन्छ । गैरकानुनी बसाइका कारण नेपाल सरकारबाट पाउने सेवा, सुविधाबाट समेत बञ्चित हुन्छन् भने समस्यमा परेकाहरुको उद्धारमा पनि कठिनाइ हुन्छ । श्रम स्वीकृति बेगर गैरकानुनी रुपमा प्रवेश गरेका श्रमिकहरुले जेल वा डिटेन्सनमा समेत पर्ने जोखिम रहन्छ । खास गरी अहिले एजेन्टहरुले श्रम स्वीकृति बेगर भिजिट भिसामा विभिन्न मुलुक हुँदै वैदेशिक रोजगारीमा पठाउने गर्दछन् । यसरी भिजिट भिसामा जाने कार्यलाई गैरकानुनी मानिन्छ । तसर्थ वैदेशिक रोजगारीमा जानु पूर्व भिजिट भिसा हो की श्रम स्वीकृति लिएर जान लागेको भनेर बुझ्नु पर्दछ । यसले भविष्यमा हुने ठूलो खतराबाट जोगाउँछ । श्रम स्वीकृति लिए/नलिएको विवरण वैदेशिक रोजगार विभागको बेवसाइटबाट चेक गरेर थाहा पाउन सकिन्छ । यसरी गर्न सकिन्छ गुनासो वैदेशिक रोजगारीका लागि विदेश जान लागेका वा गएका श्रमिकहरुको हकमा हेल्प लाइनको व्यवस्था गरेको छ । देश तथा विदेशमा रहेका श्रमिकको समस्या समाधानका लागि श्रम कल सेन्टरलाई ‘श्रमाधान’ भनेर नामाकरण गरिएको छ । श्रमिकहरूले कुनै समस्या परेमा श्रमाधानको कल सेन्टरमा फोन गरेर आफ्नो समस्या तथा गुनासोहरु सरकारलाई सुनाउन सक्दछन् । वैदेशिक रोजगारीमा भएका श्रमिकहरुले वेबसाइट मार्फत आफ्नो गुनासो तथा समस्याहरु सुनाउन सक्दछन् । ठगिएका तथा समस्यामा परेका श्रमिकहरूको सहयोगका लागि २४ सै घण्टा सञ्चालनको व्यवस्था गरको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताउँछ ।

    Advertisement

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation