Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • २ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • २ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • २ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • २ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • २ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ४. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ५. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

माेदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने माल्दिभ्सका ३ जना मन्त्री निलम्बित, भारत–माल्दिभ्स सम्बन्धमा समस्या


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।

    Advertisement

    तीनै जनाले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

    मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्स सरकारले मन्त्रीहरूलाई निलम्बन गरेको हो । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

    गएको वर्ष सत्तामा आउनुभएका राष्ट्रपति मुइज्जूले भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको थियो । माल्दिभ्सका मन्त्रीहरूको टिप्पणीपछि केही भारतीयहरूले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा गरेका छन् । गएको वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय थिए । माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीन अधिकारीहरूले भारतविरुद्ध घृणायुक्त भाषा प्रयोग गरेको भन्दै कडा निन्दा गर्नुभएको छ ।

    चीनसँग नजिक भनिएका मोहम्मद मुइज्जू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भारत–माल्दिभ्स सम्बन्धमा समस्या देखिएको छ । यसअघि माल्दिभ्सका राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमण गर्ने गरेकामा मुइज्जूले टर्कीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण शुरु गर्नुभएको थियो । चारत र चीन दुवैले रणनीतिक अवस्थिति भएका माल्दिभ्सका टापुहरूमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा गरिरहेका छन् ।

    • नरेन्द्र मोदी
    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ४.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ५.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ६.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation