• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • २४ घण्टा 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • २४ घण्टा 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • २४ घण्टा 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

हेटौँडा–काठमाण्डौ जाेड्ने छोटो दूरीका तीनवटा सडक एकैपटक बन्द हुँदा सास्ती


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द छन् । हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाण्डौ सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ । त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ ।

    Advertisement

    यी सडकको विकल्पमा हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–मार्खु–चित्लाङ–थानकोटको बाटो प्रयोग गर्न इन्द्रसरोवर गाउँपालिकाले भनेको छ । त्यस्तै, कान्तिलोकपथको बाटो पनि विकल्पमा प्रयोग गर्न गाउँपालिकाले भनेको छ । कान्तिलोकपथ सडक हेटौँडाबाट ललितपुरको ठिंगन–तीनपाने–चापागाउँ हुँदै सातदोबाटो निस्कन्छ ।

    विकल्पको रुपमा चित्लाङ सडकबाट काठमाण्डौ आउनु भएका हेटौँडा मनहरी गाउँपालिका–९ का राजेन्द्र अर्यालको अनुभव सुखद रहेन । ‘यताको बाटो बिग्रेर चित्लाङ तिरबाट आ’को बाटो हो कि के हो गाडीले उफारेर अस्पताल नै जानुपर्ला जस्तो छ ढाड दुखेर । बिरामी, अशक्त आउने हो भने त गाडीमै ज्यान जाला कि भन्ने पो डर छ हो,’ अर्यालको भोगाइ हो यो । गएको बिहीवार काम विशेषले काठमाण्डौ आउनुभएका अर्याललाई बाटो र गाडीको अवस्था सम्झेर काठमाण्डौ त आउनै नपरे हुन्थ्यो जस्तो लाग्छ । तर, सङ्घीय राजधानी अनि विभिन्न कामले गर्दा नआइ नहुने बाध्यता रहेको उहाँको गुनासो छ ।

    दूरी अथवा यातायातको सुलभताको हिसाबले पनि हेटौँडा–काठमाण्डौ खासै टाढा होइन । तर, केही समयदेखि बाटो मर्मतसम्भारका नाममा बाटो बन्द हुने अनि गाडी चल्दा पनि बाटो हो कि खोलाको बगर हो भनेजस्तो लाग्ने गरेको अर्याल बताउनुहुन्छ ।

    ‘टाटा सुमो फर्पिङ/दक्षिणकालीको बाटो चल्न थालेदेखि हेटौँडा–काठमाण्डौ सहज हुन थालेको हो । यसले हामी हेटौँडावासी खुसी पनि भएका हौँ । तर, गाडी चल्न थालेदेखि कहिले पनि यहाँको बाटा राम्रो छैन, उहाँ भन्नुहुन्छ, ‘सडकमा हेर्दा सधैँ केही न केही बनाउन लागेको जस्तो लाग्छ । तर, न बाटो कहिले बनाउन सकिएको छ । न राम्रो नै छ । बरु बनाउने नाममा बन्द भने बेलाबेला हुने गरेको छ । खै यो के गरेको नै बुझिँदैन ।’

    गएको वर्ष फागुन १ गतेदेखि मर्मतका लागि भनेर हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाण्डौ सडक दुई महिना बन्द गरिएको थियो । यसअघि पनि मर्मतसम्भारका नाममा यी सडकहरु बन्द हुँदै आएका छन् ।

    हेटौँडा–काठमाण्डौ जोड्ने तीनवटा वैकल्पिक सडकहरु एकैपटक बन्द हुँदा ठूलो सास्ती खेप्नुपरेको अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सडक कहिले पनि नबनाउने अनि बनाउने नाममा बन्द गर्दा हामीजस्ता सर्वसाधारण मर्कामा परेका छौँ ।’

    हेटौँडा–काठमाण्डौ जोड्ने तीन वटा सडक एकै पटक बन्द हुँदा यातायात व्यवसायी तथा चालकहरुले पनि हैरानी खेप्नुपरेको छ । हेटौँडा–काठमाण्डौ रुटका टाटा सुमो गाडीका चालक तथा व्यवसायी सुरेश श्रेष्ठ यसरी बिना विकल्प एकैपटक सडक बन्द गर्न नहुने तथा केही न केही विकल्प दिनुपर्ने बताउनुहुन्छ ।

    हेटौँडा उपमहानगरपालिका सानो पोखरा–२ का श्रेष्ठ अहिले विकल्पमा भनिएको कान्ति लोकपथ तथा चित्लाङको बाटो लामो भएका कारण हत्पति यात्रुहरु काम नपरी हिँड्ने नै नगरेको बताउनुहुन्छ । यसकारण अहिले यात्रुहरु घटेको कम्तीमा दश जना बोक्ने गाडीले अहिले सात/आठ जना र त्यस्तै, परे पाँच जनासम्म बोकेर हिँड्नु परेको गुनासो गर्नुहुन्छ ।

    उहाँका अनुसार अहिले विकल्पमा भनिएको कान्तिलोकपथ फाखेल सडकभन्दा १०/१२ किलोमिटर र चित्लाङ पनि फाखेलभन्दा पाँच/सात किलोमिटर लामो नै छ । हेटौँडाबाट काठमाण्डौसम्म फाखेल सडक ८४ किलोमिटर र कान्तिलोकपथको दूरी ९५ किलोमिटर छ । तर, भाडा भने उही छ सय ५० रुपैयाँ ।

    ‘१०/१२ किलोमिटर बढी पनि हिँड्नुपर्ने, भाडा बढी लिन पनि नपाइने अनि रुट परमिट नभएर पटके चिट काट्नुपर्दा त झनै मार पर्छ, श्रेष्ठ भन्नुहुन्छ, ‘चित्लाङको बाटो पनि बिग्रिएको छ । त्यो बाटो पनि गाडी गुडाउनै गाह्रो छ । पेसिन्जर चढ्नै मान्दैनन् ।’

    कान्तिलोकपथको दूरी लामो भए पनि तीन/साढे तीन घण्टामा पुगिने तर अहिले प्रयोग भइरहेको चित्लाङको बाटो झण्डै ९० किलोमिटर भए पनि कम्तीमा चारघण्टा लाग्ने गरेको पनि श्रेष्ठले बताउनुभयो । कान्तिलोकपथमा कुल छ/सात किलोमिटर कच्ची बाटो रहेको छ । चित्लाङको बाटो भने पूरै कच्ची छ । बाटो मर्मतका कारण आमनागरिकले पाउने दुःख छँदैछ । राम्रो हुनका लागि केही दुःख खानु परे पनि ठीकै छ तर, व्यवसायीलाई भने पटके चिट काट्नुपर्दा साह्रै मार परेको श्रेष्ठ बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘हामीलाई यो पटके चिट काट्नुभन्दा अस्थायी परमिट नै बनाइदिए पनि हुन्थ्यो । पहिले बाटो बन्द हुँदा पनि अवधि हुँदाहुँदै हामीले चार महिनाको लागि भनेर १२ सय तिरेर अस्थायी परमिट बनाएको हो ।’

    अहिले पनि दुई महिनाको भए पनि १२ सय नै लिएर अस्थायी परमिट बनाइदिए सस्तो पर्ने उहाँको भनाइ छ । एक पटक ओहोरदोहोर गर्नका लागि यातायात कार्यालयले दिने अनुमतिलाई चालकहरुले पटके भन्ने गरेका छन् । पटकपटक लिइरहनुपर्ने हुनाले पनि सजिलो र बुझ्नका लागि पनि यसलाई पटके भन्ने गरिएको हो । अहिले पटकेको लागि तीन सय ५० तिर्ने गरेको पनि श्रेष्ठले बताउनुभयो ।

    ‘तेल बढी खाने, तीन सय पचास पटकै पिच्छे तिर्नुपर्ने, पेसिन्जर पहिले जस्तो छैन छ/सात जनामा हिँड्नुपर्ने हुन्छ,’ श्रेष्ठको गुनासो छ । हेटौँडा–काठमाण्डौका यी दुई बाटाहरु बन्द हुने भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले व्यवसायीलाई वैकल्पिक सडक प्रयोग गनुपर्दा निःशुल्क रुट परमिटको व्यवस्था गर्ने बताए पनि व्यवहारमा त्यस्तो भएको देखिँदैन ।

    मर्मत सम्भारका लागि भनेर बन्द गरिएका तीन वटा सडकहरु कहिले बनिसक्छन् र प्रयोग गर्न सकिन्छ भनेर भन्न नसकिने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन अर्याल बताउनुहुन्छ । अहिल मर्मतका लागि बन्द गरिएका तीनवटा सडक प्रदेश सरकार अन्तर्गत पर्ने र चलिरहेको चित्लाङको बाटो पनि केवल २० किलोमिटर मात्रै सङ्घअन्तर्गत पर्ने भएकोले यसका बारेमा आफूले यकिन गर्न नसक्ने अर्यालले बताउनुभयो ।

    अहिले यी मर्मत गर्दै गरेका बाटोको विकल्पमा कान्तिलोकपथ प्रयोग गर्नु उचित हुने उहाँको भनाइ छ ।

    • हेटौँडा–काठमाण्डौ
    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation