Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ मिनेट 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १६ मिनेट 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २२ मिनेट 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

गैँडाकोटमा भेटिएका दुईमध्ये एक शव गणपति डिलक्सकै यात्रु, परिचय पनि खुल्यो

  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
  • पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ।

    Advertisement

    चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको थाहाखबरलाई जानकारी दिए। उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन्। उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार यात्रु हुन्। गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो। एउटा शव खुट्टामा जुत्ता र भित्री वस्त्रमात्रै रहेकोअवस्थामा भेटिएको थियो भने अर्को शव गाडिएको अवस्थामा भेटिएको थियो। यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव फेला परेको थियो। भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स नै चढेका थिए। काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए। प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको गोताखोर टोलीले ‘स्नेक आइ’ क्यामराको सहयोगमा खोजी गरिरहेको छ। उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ। शुक्रबार विहान अन्दाजी ३ बजेतिर नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा डुबेर बेपत्ता भएको हो। दुवै बसमा ५४ जना यात्रु रहेको खुले पनि संख्या अझै तलमाथि हुनसक्ने प्रहरीले जनाएको छ। सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन्। शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजीका क्रममा एञ्जल डिलक्सको पर्दा र बच्चाको सुरुवाल फेला परेको थियो । एञ्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका गाडी हुन्।

    शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation